Comments Add Comment

राजेन्द्र पाण्डेका छोराको बिहे खर्च धादिङका पीडितलाई

२३ बैशाख, धादिङ । नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा धादिङ क्षेत्र नम्बर ३ का सभासद राजेन्द्रप्रसाद पाण्डेले आफ्नो एक वर्षको तलब र कान्छा छोरा विकासको बिहेका लागि छुट्याएको खर्च धादिङका भूकम्प पीडितलाई अर्पण गरेका छन् ।
rajendra-pandey
भूकम्पबाट ठूलो क्षति भएको धादिङका पीडितको राहत र पुनर्स्थापनामा जिल्ला प्रशासन मार्फत सो रकम खर्च गरिने पाण्डेले बताए । उनका छोरा विकासको विहे भोज वैशाख १५ गते तोकेर निम्ता कार्ड पनि बाँडिएको थियो ।

तर वैशाख १२ को महाभूकम्पबाट कारण सो भोज स्थगित गरि भोजका लागि छुट्याएको ५ लाख रुपैया भूकम्प पीडितलाई वितरण गरिने उनले बताए । पाण्डे अध्यक्ष रहेको मनमोहन मेमोरियल अस्पतालले धादिङका प्रायः सबै भूकम्प पीडितहरुको निःशुल्क उपचार गरिरहेको छ भने अन्य घाइतेको पनि उपचार निःशुल्क गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment