Comments Add Comment

धादिङको बसेरी र नुवाकोटमा एनआरएनएको राहत

nrn-nuwakot -3२३ वैशाख, काठमाडाै । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उत्तरी भेग बसेरीका भूकम्पपीडित स्थानीयबासिन्दालाई राहत बितरण गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र महासचिव कुमार पन्तसहितको टोलीले बसेरी पुगेर गाविस सचिव, स्थानीय समाजसेवी र विद्यालयका शिक्षकको रोहरबारमा राहत बितरण गरेको हो ।

८ सय ६७ घरधुरी रहेको गोरखाकाे बसेरीमा गैरआवासीय नेपाली संघले सवै घरलाई एक–एकवटा त्रिपाल, कम्बल, चिउरा, चामल, चाउचाउ लगायतका सामाग्री प्रदान गरेको छ ।

nrn-nuwakot -1गोरखाको सीमा क्षेत्रमा पर्ने यो बिकट गाउँमा भूकम्पबाट लगभग सवैजसो घर भत्किएका छन् । ७ जनाले भूकम्पमा परी ज्यान गुमाएका छन् । तर, ज्यान गुमाउनको संख्या धेरै नभएका कारण ९ दिनसम्म कतैबाट पनि सहयोग पाउन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् ।

‘यति दिन भइसक्यो, खाने अन्न छैन, ओत लाग्ने ठाउँ छैन, भूकम्पले भन्दा पनि खान नपाएर मर्ने अबस्था भयो’ स्थानीयबासी सकमाया गुरुङले भनिन् ।

वडा नम्बर ६ का बासिन्दा नारायणबहादुर कार्की भन्छन– ‘मानिसमात्र ७ जना मरेका हुन् तर, ९ वटा वडामा ९ वटा पनि सद्दे घर भेटन सकिन्न, हामी सहनै नसक्ने मारमा पर्‍यौं ।’

nrn-nuwakot -2राहत बितरणका लागि पुगेका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बाहिरबाट प्राप्त सहयोग आपसमा मिलेर उपभोग गर्न र थप राहतका लागि अग्रसर हुन सुझाव दिए ।

‘तपाईहरु यस्तो दु:खमा परेको देख्न र सुन्न नसकेरै हामी आफ्नो खल्तीबाट पैसा झिकेर तपाईका लागि खाना र नाना बाँड्न आएका हौं’ उनले भने–‘यस्तो बिपत् सवै मिलेर सामना गर्नुपर्छ, तपाईंहरु पनि स्थानीय तहमा मिलेर प्राप्त सहयोगको सदुपयोग गर्नुहोला ।’

गैरआवासीय नेपाली संघले नेपालका भूकम्पपिडीतलाई आपतकालिन राहतस्वरुप १० करोड रुपैयाँको कोष बनाई बिभिन्न ७ जिल्लामा राहत बितरण अभियान सुरु गरेको थियो । जसअनुसार अहिलेसम्म सिन्धुपाल्चोक, गोर्खा, लमजुङ, काभ्रे, धादिङमा राहत बितरण भइसकेको छ ।

पहिलो चरणमा १० हजार परिवारलाई राहत बितरण गर्ने योजनाअनुसार गैरआवासीय नेपाली संघका स्वयंसेवकको सहयोग र सक्रियतामा राहत बितरण कार्य भइरहेको छ ।

गैरआवासीय नेपाली संघले नुवाकोटको राकुका देवी गाविस र आसपासका भूकम्प पीडितहरुका सहयोगार्थ पाल ८ सय ५९, चाउचाउ एक हजार कार्टुन तथा कम्बल १ हजार ६ सय ५० थान राहत सामाग्री वितरण गरेको छ ।

नुवाकोटमा संघका तर्फबाट राहत वितरणमा निवर्तमान अध्यक्ष जिवा लामिछाने, उपाध्यक्ष टीबी कार्की, कोषाध्यक्ष बद्री केसी, महिला संयोजक शपिला राजभण्डारी तथा अष्ट्रेलिया तथा चाईनाका एनआरएनहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment