Comments Add Comment

राजेश हमालले उठाएका होइनन् १ अर्ब

rajesh-hamal
महाभूकम्पमा परेर घरबार गुमाएका र पीडित बनेकाहरुका लागि नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका कलाकारहरुले गरेको कामलाई प्रशंसा गर्नैपर्छ । तर, कलाकारले गर्दै नगरेको कामलाई गर्‍यो भन्नु  तर्कसंगत हुँदैन ।

केही दिनयता नायक राजेश हमालले नेदरल्याण्डमा पुगेर १ अर्ब उठाएको खबरले नेपाली मिडियामा खुबै चर्चा पाइरहेको छ । नायक राजेश हमालले १ अर्ब उठाएको खबर आएपछि यसले विभिन्न खालका तरंग पनि पैदा गरेको छ ।

तर, नेदरल्याण्डमा व्यक्तिगत भ्रमणका लागि पुगेका हमालले १ अर्ब रुपैयाँ आफ्नै पहलमा उठाएको भन्ने खबरलाई भने कार्यक्रममा उपस्थित तथा नेदरल्याण्डमा रहेका नेपालीले खण्डन गरेका छन् । तर, कार्यक्रममा उपस्थित भएकोमा भने नायक राजेश हमाललाई उनीहरुले धन्यवाद दिएका छन् ।

भूकम्प पीडितको सहयोगका लागि नेदरल्याण्डका सरकारी मिडिया र डच कम्यूनिटीले सञ्चालन गर्दै आएको गिरो ५५५ (खाता नम्बर ५५५) कार्यक्रममा नेपालीहरुले हमाललाई निमन्त्रणा गरेका थिए । स्थानीय मिडियासँग नेपालीहरुले उनलाई नेपालका सुपरस्टार भनेर चिनाएका थिए । यसपछि हमालले पनि स्थानीय मिडियामा केही शब्दहरु राखेका थिए ।

स्रोतले भन्यो- हमालले स्थानीय मिडियासँग नेपालमा आएको विपत्तीका बारेमा जानकारी गराउँदै सहयोग गर्न भनेका मात्र हुन्, हमालले गरेको यो काम सह्रानीय छ ।

कार्यक्रममा सहभागी एक नेपालीले आफ्नो फेसबुकमा लेखेका छन्-‘राजेश हमालले १ अर्ब उठाए भन्ने समाचार तथ्यहीन छ, यसले नेदरल्याण्डमा रहेका नेपाली र नेपाली भाषा बुझ्ने डचहरु विक्षिप्त बनेका छन् ।

गिरो ५५५ को पहलमा यो रकम उठेको थियो, रकम संकलन गर्ने कार्यक्रममा राजेश हमालले आफ्नो उपस्थिती जनाएर सहयोग मात्रै गरेका हुन् । फेसबुकमा अहिले धेरै नेपालीले राजेश हमालले यति ठूलो रकम नउठाएर कार्यक्रममा सहभागी मात्र भएको जनाएका छन् ।’
rajesh-hamal
नायक हमालले पनि आफ्नो फेसबुकमा यो राहत संकलनको सम्पूर्ण श्रेय गिरो ५५५, नेदरल्याण्डमा रहेको नेपाली र डचहरुलाई जाने बताउँदै आफ्नो पहलमा सो रकम उठेको नभई आफूले कार्यक्रममा उपस्थितिमात्रै जनाएको स्पष्ट पारकेा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment