Comments Add Comment

रूकुममा एकतीस लाख बढी राहत वितरण

२३ वैशाख, रुकुम । जिल्ला दैवीप्रकोप उद्धार समिति रुकुमले विनाशकारी भूकम्पपीडितलाई राहात वितरणलाई तीव्र पारेको छ ।

समितिले अहिलेसम्म जिल्लाका विभिन्न ठाउँमा रहेको पीडितलाई ३१ लाख ५० हजार रुपैयाँ राहत वितरण गरिसकेको समितिका अध्यक्ष एवम् प्रजिअ अन्तरबहादुर सिलवालले जानकारी दिए । अहिलेसम्म जिल्लामा ५५ घर बस्न नमिल्ने गरी पूर्ण रुपमा क्षति भएको र २० घरमा सामान्य क्षति भएको बताइएको छ ।

भूकम्पका कारण जिल्लामा एकको मृत्युसमेत भएको छ छ । नियमअनुसार ५५ घरपरिवारलाई पाँच हजार रूपैयाँका दरले र एक जना मृतकका परिवारलाई  ४० हजार रूपैयाँका दरले राहत प्रदान गरिएको प्रजिअ सिलवालले बताउनुभयो । भूकम्पले मग्मा, तकसेरालगायत गाविसमा बढी क्षति पुर्‍याएको अहिलेसम्म आफूहरुलाई जानकारीमा आएको उनले बताए ।

यसैबीच रुकुम उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय चौरजहारीले पनि भूकम्पपीडितका लागि ५५ हजार एक सय रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गरिदिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment