Comments Add Comment

ओलीले भने-संकटमा नेताले हेरेनन् भनेर गलत प्रचार

२३ वैशाख, विदुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पको विपत्तिका बेला राजनीतिक दलका नेताहरुप्रति वितृष्णा जगाउने संगठित प्रयास भएको बताएका छन् । सम्पूर्ण राजनीतिक दलहरु नागरिकलाई राहतका कार्यक्रम दिन, दीर्घकालिन योजनाहरु तयार पार्न लागिपरेको ओलीले बताए ।

Sushil,-KP-and-Prachand-at-

‘राजनीतिक दल र नेताहरुले संकटको घडीमा हेरेनन् भन्ने गलत प्रचार भएको छ,’ नुवाकोटका सन्चारकर्मीसँग कुरा गर्दै ओलीले भने, ‘देशलाई संकट परेको घडीमा यो कुरा उचित भएन ।’

पीडितका वडा-वडा र बस्ती-बस्तीमा नेताहरु दौडधुप गर्ने भन्दा पनि राहतसामाग्री संकलन गर्ने र पीडितलाई प्रत्यक्ष सहयोग पुग्ने खालको काममा लागिरहेको ओलीले बताए ।

कार्यक्रममा एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय विपतको घडीमा एकतावद्ध भएर पीडाको सामना गर्नुपर्छ भन्ने सन्देश दिन आफूहरु एकतावद्ध भएर भएर नुवाकोट आएको बताए ।

प्रचण्डले अहिलेको विपत् चुनौती र अवसर लिएर आएको बताए । ‘हरेक चुनौतीले अवसर बोकेर आएको हुन्छ,’ प्रचण्डले भने, ‘धेरै क्षति यसले ल्याए पनि राष्ट्र निर्माणको अवसर सँगसँगै रहेको छ ।’

प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालासँगै ओली र प्रचण्ड भूकम्प प्रभावित क्षेत्र अवलोकनका लागि नुवाकोट पुगेका हुन् । रसुवाको भ्रमणपछि नेताहरु नुवाकोट आएका थिए ।
– कपिलदेव खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment