Comments Add Comment

बङ्गलादेशले राहतका लागि पठाएको चामल झापा आइपुग्यो

२३ वैशाख, भद्रपुर । नेपालमा आएको विनाशकारी भूकम्पले आहत भएका परिवारलाई तत्काल राहत प्रदान गर्न बङ्गलादेश सरकारले पठाएको चामल पूर्वी नेपालको प्रवेशद्वार काँकरभिट्टाबाट प्रवेश गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

बङ्गलादेश सरकारले राहतस्वरुप १० हजार मेट्रिक टन चामल नेपाल सरकारलाई दिने भनिएकोमा आज ३०० मेट्रिक टन चामल प्राप्त भएको र सो चामल केन्द्रीय दैवी प्रकोप उद्धार समितिलाई पठाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment