Comments Add Comment

अन्तर्राष्ट्रिय टेबलटेनिसले १० हजार डलर सहयोग गर्ने

२३ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पबाट पीडित नेपाली टेबलटेनिस खेलाडीलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघले १० हजार अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

महासंघका अध्यक्ष थोमस वेकार्टले अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्यलाईसहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । वज्राचार्य अपि्रल २६ देखि मे ३ तारिखसम्म भएको विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि नेपाली टोलीको व्यवस्थापकका रुपमा चीन गएका थिए ।

बैशाख ११ गते चीनको कुल्मिङ पुगेको नेपाली टेबलटेनिस टोली भूकम्प गएकै दिन बैशाख १२ गते प्रतियोगिता आयोजना स्थल पुगेको थियो ।

‘पहिलो चोटी अपि्रल २६ मा उहाँ -थोमस) संग भेट हुँदा पीडित टेबलटेनिस खेलाडीलाई सहयोग गर्छु मात्र भन्नुभएको थियो । मे ४ तारिखमा फेरी भेट हुँदा उहाँले रकम नै खुलाएर १० हजार अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो’- वज्राचार्यले बताए ।

वर्जाचार्यका अनुसार महासंघले सहयोग रकम अखिल नेपाल टेबलटेनिस संघमार्फत पठाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment