Comments Add Comment

भूकम्प प्रभावितलाई चलचित्र संघले २ लाख ११ हजार दिने

chalchitra-sang
भूकम्पबाट प्रभावित भएकाहरुलाई सहयोग गर्दै नेपाल चलचित्र संघले २ लाख ११ हजार दिने बताएको छ । यो रकम प्रधामन्त्री दैवीक प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरिएको हो । नेपाल चलचित्र संघको आज बसेको कार्यसमिती बैठकले यो निर्णय गरेको अध्यक्ष नकिम उद्दिनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

साथमा भूकम्पबाट प्रभावित भएका चलचित्र घरहरुको क्षतिको बारेमा अध्ययन गर्नका लागि अध्यक्ष, महासचिव र कोषाध्यक्षको ३ सदस्यिय कार्यदल पनि गठन गरिएको छ । यो कार्यदलले इञ्जिनियरहरुसँग मिलेर चलचित्र घरहरुको निरिक्षण गर्नेछ ।

यस्तै, चलचित्र घरका संचालक तथा कर्मचारीहरुको मानविय तथा भौतिक क्षतिको विवरण लिएर सम्बन्धित निकायमा सहयोगका लागि पहल गर्ने र संघले पनि सहयोग गर्ने निर्णय गरिएको छ ।

वैशाख १२ गते आएको भूकम्पबाट केही चलचित्र भवनहरु भत्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment