Comments Add Comment

नेपाली जनसम्पर्क समिति भारतबाट संकलित राहत नुवाकोटमा वितरण

२४ वैशाख, नुवाकोट । यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडित भएकाहरुलाई नेपाली जनसम्पर्क समिति भारतबाट संकलित राहत नुवाकोटमा वितरण गरिएको छ ।

nuwakot earthquake relief fund 0

समितिका अध्यक्ष बालकृष्ण पाण्डेको सक्रियतामा संकलन गरिएको २० टन राहत सामाग्री लाइन्स क्लव न्यू सिटीका अध्यक्ष विष्णुबहादुर केसीको पहलमा नुवाकोटमा वितरण गरिएको हो ।

चामल, चाउचाउ टेन्ट, कम्मल, त्रिपाल, आटा, दाल चिनी, बिस्कुट, नुन, डेरी मिल्क, म्याट, लत्ता कपडा, जुत्ता चप्पल, ड्राइ फुड, साबुन, सेम्पु लगायतका सामाग्री वेतीनी र समुन्द्रटार गाविसमा बाँडिएको हो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको समन्वयमा झण्डै पन्ध सय भूकम्प पीडतहरुलाई राहत वितरण गरेको अध्यक्ष केसीले जानकारी दिए ।

क्षेत्री समाज नेपाल काठमाडौंका अध्यक्ष समेत रहेका केसीको नेतृत्वमा देवीदत्त खरेल, तुलसी पोखरेल तथा स्थानीय जमुना खड्का र योगेन्द्र तामाङको सहकार्यमा राहत बाँडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment