Comments Add Comment

यी हुन् बेलायतकी सवैभन्दा युवा सांसद

Mhairi Black

ब्रिटेनमा २० वर्षकी माहिरी ब्लाकले संसदीय चुनाव जितेर पछिल्लो ३५० वर्ष यता कै सबैभन्दा युवा सांसद बनेकी छन् ।

स्कटिश नेशनल पार्टीकी माहिरीले लेबर पार्टीका वरिष्ठ नेता एलेक्जेण्डर डगलसलाई पराजित गरेकी हुन् । चुनाव जितेपछि उनले भनिन्-‘यो निर्वाचन क्षेत्र र पुरा स्कटल्याण्डको आवाज उठाउनु हाम्रो मुख्य एजेण्डा थियो ।’

उनले स्कटल्याण्डका लागि नभई युनाइटेड किङडममै सुधारको प्रयास गर्ने बताइन् । उनले ग्लोसगो युनिभर्सिटीबाट पोलिटिक्स एण्ड पब्लिक पोलिसीमा अध्ययन गरेकी छिन् ।

सन् २००६ को चुनावमा उम्मेदवार हुन न्यूनतम उमेर २१ वर्ष थियो । तर, यो पटक घटाएर १८ कायम गरिएको छ ।

यसअघि १६६७ मा १३ वर्षका क्रिस्टोफर मन्क सेकेण्ड ड्युक अफ एलबेमोर्ले सबैभन्दा युवा सांसद बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment