+
+

तपाई भूकम्प पीडितलाई पैसा दिने पक्षमा कि घर ?

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २६ गते १८:२२

Dharmasthali Kathmandu (13)

भूकम्पबाट घरबारविहीन बनेका लाखौं नेपालीलाई घर बनाउने पैसा दिने कि सरकारले नै उनीहरुको घर बनाइदिने भन्नेबारे विवाद र बहस सुरु भएको छ ।

सरकारले अघि सारेको अहिलेसम्मको प्याकेज अनुसार ४० हजार किरिया खर्च, एक लाख मृतक परिवारलाई राहत, २५ हजार घर मर्मत खर्च र दुई लाख रुपैयाँ घर बनाउन चाहनेलाई सहायता दिने घोषणा भएको छ । त्यस्तै राजधानीमा २५ लाख रपैयाँ र उपत्यका बाहिर १५ लाखसम्म दुई प्रतिशत व्याजमा घर कर्जा दिने भनिएको छ ।

सरकारले घर बनाउन सहायता र ऋण दिने घोषणा गरे पनि एकीकृत वस्ती विकास गर्ने, पीडितलाई तत्काल शिविरमा राख्ने र कसैलाई पनि बेघरबार हुन नदिने घोषणा गरेको छ ।

विभिन्न दलका नेताहरुले सरकारले पैसा र चाउचाऊ मात्रै बााडेको भन्दै सरकारकै तर्फबाट पीडितको घर बनाइदिनुपर्ने र तत्काल जस्ता पाता दिनुपर्ने बताउँदै आएका छन् ।

तपाईको विचारमा सरकारले भूकम्प पीडितका लागि पुनर्निर्माणको कस्तो प्याकेज ल्याउनु उचित होला ? आफ्नो मत व्यक्त गर्नुहोला ।

१. सरकारले भूकम्प पीडितलाई घर निर्माणका लागि सहायता, ऋण र विभिन्न सहुलियतहरु प्रदान गर्नुपर्छ, तर, सरकारले आफैं घर बनाउँदै हिँड्नु व्यवहारिक हुँदैन ।

२. आफैं घर बनाऊ भनेर सरकारले सहजै पन्छिन मिल्दैन । अब सरकारले नै घर बनाइदिनुपर्छ । पहाडमा छरिएर रहेका वस्तीलाई एकीकृत गरी सरकारी आवास योजना ल्याउनुपर्छ ।

३. माथिका दुबै प्रस्तावलाई समेटेर मध्यमार्गी बाटो अपनाइयोस् । जस्तो- घर बनाउन सक्ने धनीमानीले आफैं बनाउन् । बनाउन नसक्ने गरीवहरुको घर सरकारले नै बनाइदेओस् । यसो गर्दा खर्चको व्ययभार कम हुन्छ र गरीवमाथि न्याय पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment