Comments Add Comment

कविता : को हो नेपाली ?

gautamगौतम “उदय”

नसोध शब्दमा, हाम्रो चिनारी

खोज आफैले, को हो नेपाली

हारको इतिहास, भेटेनौ भने

बिपदामा रमिते, देखेनौ भने

बुझ त्यो हो नेपाली

बुझ त्यो हो नेपाली ।

आउन सक्छन, बिपत्ति ठुला

लाग्न सक्छन, चोट गहिरा

बिपत्तिसंग, हारेन भने

दुखमा आँसु, झारेन भने

बुझ त्यो हो नेपाली

बुझ त्यो हो नेपाली ।

उभिएर जगमा, मानवताको

गरेर अनुभूति, दुख अरुको

नजिक र टाढाको, भनेन भने

मैं खाऊँ मैं लाऊँ, गरेन भने

बुझ त्यो हो नेपाली

बुझ त्यो हो नेपाली ।

देखिए पनि, किसिम-किसिमका

तल तराई र, माथि हिमालका

ढलेर पनि, उठ्यो भने

सारा एकसाथ, जुट्यो भने

बुझ त्यो हो नेपाली

बुझ त्यो हो नेपाली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment