Comments Add Comment

भूकम्पले क्षति पुगेका बजाज बाइकको निःशुल्क मर्मत

२७ वैशाख, काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज एन्ड हुलासचन्दले भूकम्पमा क्षति पुगेका बजाज मोटरसाइकल निःशुल्क मर्मत गरिदिने भएको छ ।

Bajaj-bikes-logoभूकम्प पीडित ग्राहकका लागि राहत पुगोस् भनेर निःशुल्क सेवा प्रदान गर्न लागेको कम्पनीले जनाएको छ । भूकम्पले क्षति पुगेका बजाज मोटरसाइकलका ग्राहकहरुले तीनवटा हेल्पलाइन नम्बरमा नाम दर्ता गराउन सक्नेछन् ।

कम्पनीका अनुसार निःशुल्क सेवाका लागि १६६० ०१ ७५५५५, ९८०१५७५५५५ र ०१ ४२२३०३३ नम्बरमा कल गरेर नाम दर्ता गराउनुपर्ने हुन्छ ।

यसको अलवा ग्राहकहरुले बजाजको आधिकारिक फेसबुक पेज तथा वेभ पेजमा गएर पनि निःशुल्क सेवाका लागि नाम दर्ता गराउन सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment