Comments Add Comment

लिभुरपुलको च्याम्पियन्स लिगको सपना अधुरै

२८ वैशाख, काठमाडौं । आगामी सिजन च्याम्पियन्स लिग खेल्न लिभरपुलको सपना अधुरै रहने भएको छ ।

आइतबार राति भएको खेलमा चेल्सीसँग एक एकको बराबरी खेलेपछि लिभरपुलको शीर्ष चारमा पर्ने सम्भावना सकिएको छ ।

Steven Gerrard

लिगमा दुई खेल खेल्न बाँकी छ र लिभरपुल अंक तालिकाको चौथो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडभन्दा ६ अंकले पछि छ । लिभरपुलले दुबै खेल जितेको र युनाइटेडले हराएको अवस्थामा पनि गोल अन्तर बाधक हुनेछ ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले पाँचौं मिनेटमा जोन टेरीको गोलबाट अग्रता लियो । टेरीको यो ३९ औं गोल हो र यससँगै उनी प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने डिफेण्डर बनेका छन् ।

खेलको ४४ औं मिनेटमा स्टफेन जेरार्डले लिभरपुलका लागि बराबरी गोल गरे । खेलमा लिभरपुलले गोल गर्ने केही राम्रो मौका गुमायो र बराबरीमा चिक्त बुझायो ।

खेलमा जेरार्डको सम्मानमा चेल्सीका प्रशिक्षक जोजे माउरिन्हो र समर्थकले जेरार्डको सम्मानमा स्ट्याडिङ ओभेसन दिए ।

यो सिजनको अन्त्यसँगै जेरार्ड अब प्रिमियर लिगका साथै च्याम्पियन्स लिगमा देखिने छैनन् । उनी अमेरिकी क्लबमा आवद्ध हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment