Comments Add Comment

राजस्थानलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

Ravindra Jadeja

२८ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सलाई १२ रनले पराजित गर्दै चेन्नई सुपर किङ्ग्स शीर्ष स्थानमा उक्लिएको छ ।

राजस्थानलाई भने प्ले अफमा स्थान बनाउन लिगको अन्तिम खेलमा कोलकत्ता नाइट राइडर्सलाई हराउनै पर्ने भएको छ ।

एमए चिदम्बरम स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५७ रन बनायो ।

उसका लागि ब्रेन्डन म्याकलमले ८१ रनको महत्वपूर्ण पार खेले । ६१ बलको सामना गरेका उनले ७ चौका र ४ छक्का हाने ।

१५ रन जोड्दा २ विकेट गुमाएको चेन्नईका लागि म्याकलमले फाफ डुप्लेसिससँत तेस्रो विकेटका लागि १०१ रनको साझेदारी गरे । डुप्लेसिस २९ रनमा आउट भए ।

क्रिस मोरिसले ३ विकेट लिए ।

जवाफमा राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो । उसका लागि शेन वाट्सनले २८ र सन्जु सामसनले २६ रन बनाए । अजिन्क्या रहाणे २३ रनमा पभेलियन फर्किए ।

राजस्थानलाई सस्तैमा समेट्ने क्रममा चेन्नईका रवीन्द्र जडेजाले ४ विकेट लिए । मोहित शर्माले ३ र ड्वेन ब्राभोले २ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment