Comments Add Comment

हावाहुरीका कारण सुदूरपश्चिममा साढे चार सय घरमा क्षति

२८ वैशाख, भीमदत्तनगर ।हावाहुरीका कारण सुदूरपश्चिममा साढे चार सयभन्दा बढी घरमा क्षति पुगेको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले दिएको जानकारीअनुसार प्रहरी चौकी, शिक्षण संस्था र सर्वसाधारणका घर गरी चार सय ७६ घरमा क्षति पुगेको छ । हावाहुरीले सबैभन्दा बढी कैलालीमा दुर्इ सय ८६ घरमा आशिंक क्षति पुगेको छ ।

त्यसैगरी कञ्चनपुरमा एक सय ५० घर, बझाङ, डडेल्धुरामा पाँच/पाँच घर र डोटीमा एक घरमा आशिंक क्षति पुगेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरीनायब महानिरीक्षक रामकुमार खनालले जानकारी दिए । कञ्चनपुरमा ४७ वटा पक्की घरमासमेत हावाहुरीले क्षति पुगेको खनालले बताए ।

त्यसैगरी कैलालीमा ११ शैक्षिक संस्थामा क्षति पुगेको छ भने कञ्चनपुर, डोटी, डडेल्धुरा र बैतडीमा गरी जम्मा १८ वटा शैक्षिक संस्थामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण कञ्चनपुरमा दुई र कैलालीमा दुई गरी चारजनाले ज्यानसमेत गुमाएका थिए भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment