Comments Add Comment

मृतकको परिवारलाई आठ लाखको चेक हस्तान्तरण

२८ वैशाख, रौतहट  । रौतहट सदरमुकाम गौरमा सेवा केन्द्रको विषयलाई लिएर सुरु भएको आन्दोलनमा मृत्यु भएका रामआशीष ठाकुरको परिवारलाई आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटले आठ लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले एक कार्यक्रममा गौर आन्दोनलका क्रममा मृत्यु भएका ठाकुरको आश्रित परिवारलाई उक्त रकम हस्तान्तरण गरेका छन् ।

गत चैत २४ गते राति गौर आन्दोलनको विषयलाई लिएर उद्योग बाणिज्य सङ्घ तथा जिल्ला प्रशासन कार्यालय रौतहटवीच भएको सम्झौता भएबमोजिम ठाकुरको आश्रित परिवारलाई राहत रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी भुजेलले बताए ।

आन्दोलनका क्रममा चैत २० गते राति सशस्त्र प्रहरीको ना १ झ ७३३ नम्बरको भ्यानको ठक्करबाट गौर नगरपालिका–१० बस्ने ठाकुरको मृत्यु भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment