Comments Add Comment

फ्रेस फेस : म चुलबुले छु, चलचित्रको नशा लाग्न थाल्यो : शशी श्रेष्ठ(भिडियो)

Shashi Shrestha (1)
संभवत नेपालमा विनाशकारी भूकम्प नआएको भए शुक्रबारबाट नव-नायिका शशी श्रेष्ठले अभिनय गरेको चलचित्र ‘होस्टेल रिटन्र्स’ प्रदर्शनमा आउथ्यो । उनको करिअरले आजसम्म नयाँ फड्को मारिसकेको हुन्थ्यो । तर, भूकम्पका कारण उनले अभिनय गरेको पहिलो चलचित्र नै पछि सरेको छ । जसका कारण शशीलाई यो अग्नीपरिक्षाका लागि अझै केही तपस्या गर्न जरुरी छ ।

चलचित्र खेल्छु भन्ने कुनै सोच नै नबोकेकी शशीले दुर्गिस फिल्मस्को ब्यानरको अफरलाई टुक्राउन सकिनन् । एक चर्चित र राम्रो चलचित्र बनाउने भनेर चिनिएको यो ब्यानरमा काम गरेर स्टार बन्ने लोभ उनमा पनि पलायो । आज चलचित्र नचल्दै पाएको प्रतिक्रियाले उनलाई लाग्छ, सही स्थान नै रोजिएछ ।

शशीसँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस् :

शशी आफूलाई चुलबुले बताउँछिन् । ‘अब काम गर्ने चलचित्रको अफर पनि यस्तै बिषयमा आइदिए राम्रो हुने थियो’, शशीले अनलाइनखबरसँग कुरा साटिन् । हुनत, उनले एउटा मात्र चलचित्र गरेकी छिन् । तर, उनी आफूलाई निक्कै चुजी भएको बताउँछिन् । उनले भनिन्-‘म कुनै पनि चलचित्रको अफर आयो भन्दैमा काम गर्दिन । म एकदमै चुजी छु ।’

अभिनयको कुनै तालिम नलिएकी शशीले दुर्गिस ब्यानरमा आएपछि मात्र अभिनय सिकेकी हुन् । नेपाली चलचित्र क्षेत्रमा आफू कुन हदसम्म जान्छु भन्ने सोच उनलाई अहिले नै छैन ।
Shashi Shrestha (3)
मानिसहरुले पनि आफूलाई चुलबुले र धेरै बोल्ने बानी छ भन्दा शशीलाई खुशी लाग्छ । उनले आफूलाई सुन्दरताको हिसाबमा ५ मा ३ अंक दिइन् । उनलाई आफू राम्री नै छु भन्ने लाग्छ । आफ्नो स्माइल सबैभन्दा बढी मनपर्छ उनलाई ।

कलाकार भएपछि पहिरनको बिषयमा ध्यान दिनुपर्ने रहेछ भन्ने उनले बल्ल वुझ्न थालेकी छिन् । कलाकारितामा आउनुअघि आफू पहिरनमा चुजी नभएको उनले बताइन् । दर्शकले आफूलाई एउटा मिहिनेती कलाकार र आफू जस्तो छु, त्यस्तै रुपमा स्विकार गरोस् भन्ने चाहना शशीले राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment