Comments Add Comment

उपप्रधानमन्त्री सिंहद्वारा आठसय पीडित परिवारलाई जस्तापाता प्रदान

२८ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले गोकर्णेश्वर नगरपालिकाका भूकम्पपीडित जनतालाई अस्थायी बसोबासका लागि राहतस्वरुप जस्तापाता प्रदान गरेका छन् ।

८ सय पीडित परिवारलाई प्रतिपरिवार एक बन्डलका दरले जस्ता वितरण गरेका छन् ।

सुन्दरीजलमा आयोजित एक कार्यक्रमबीच गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र तिवारीलगायतको उपस्थितिमा उक्त जस्ता वडासचिवलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा त्यस क्षेत्रका सभासद्द्वय रामेश्वर फुँयाल, अम्बिका बस्नेत र काठमाडौँका स्थानीय विकास अधिकारी तीर्थराज भट्टराई, राजनीतिक दलका स्थानीय प्रतिनिधि, नागरिक समाज एवम् विभिन्न संघसस्थाका प्रतिनिधिको सहभागिता थियो ।

सिंहले भूकम्पबाट घरबारविहीन भएका परिवारका लागि अस्थायी बसोबासका लागि जस्तापाता नै उपयुक्त भएकाले सबै पीडितपरिवारलाई जस्तापाता पुर्याउने कार्यलाई जोड दिइएको उल्लेख गरे ।

उनले कुनै पनि नागरिकलाई घरबारविहीन हुन नदिन, खानपिनको उचित व्यवस्थापन गरी स्वास्थ्य, शिक्षालगायतको व्यवस्था गरिने भन्दै त्यसका लागि धैर्य गर्न भूकम्पबाट प्रभावित जनतालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment