Comments Add Comment

जयललीतालाई भ्रष्टाचार मुद्दामा सफाइ

२८ वैशाख, काठमाडौं । तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललीताले भ्रष्टाचार मुद्दामा सफाइ पाएकी छन् ।

Jaylalita

अवैधानिक तरिकाले ५४ करोड रुपैयाँ जम्मा गरेको अभियोग उनलाई लागेको थियो । गत बर्ष सोही मुद्दामा बैंगलुरुस्थित विशेष अदालतले दोषी ठहर गर्दै चार बर्षको कैद र १ अर्ब भारतीय रुपैयाँ तिराउने फैसला गरेको थियो ।

भ्रष्टाचार मुद्दा लागेपछि उनी मुख्यमन्त्री पद छाड्न बाध्य भएकी थिइन् । जयललीताले आउँदो साता पुनः मुख्यमन्त्री पद सम्हाल्ने भारतीय सन्चार माध्यमले जनाएका छन् ।

जयललीताले फैसला पुनर्विचारको माग गर्दै कर्नाटक उच्च अदालतमा निवेदन दिएकी थिइन् । यसमा सुनुवाइ गर्दै अदालतले सोमबार रिहा गर्न आदेश दिएको हो । उनीसँगै वीके शशिकला, वीएन सुधाकरण र जे इलयारसी पनि रिहा भएका छन् ।

रिहा भएपछि सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै जयललीताले न्यायको जीत भएको बताइन् । उनी रिहा भएपछि कार्यकर्ताहरुले खुसीयाली मनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment