Comments Add Comment

भूइँचालोमा आत्तिँदा हृदयाघात भइ २ महिलाको मृत्यु

२९ वैशाख, काठमाडौं । भूइँचालो आएपछि आत्तिएका कारण हृदयघात भएर काठमाडौंमा एक महिलाको मृत्यु भएको छ ।

भूकम्प आयो भनेर भाग्ने क्रममा हृदयाघात भई नयाँ बजार टाउन प्लान निवासी ७८ वर्षीया नरमाया घलेको मृत्यु भएको गृहमन्त्रीका प्रेस संयोजक विश्वमणि सुवेदीले अनलाइनखबरलाई बताए ।

सुनसरीमा पनि हृदयघात भइ महिलाको मृत्यु

सुनसरीको रामधुनीभाषी १० की ६० वर्षीया दिलकुमारी राईको मंगलबारको भूकम्पका कारण हृदयघातका कारण मृत्यु भएको छ । भूकम्पको धक्का महसुस भइरहेकै समयमा हृदयघात भइ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

यस्तै सुनसरीमा भूकम्पका बेला भाग्ने क्रममा तीन जना घाइते भएका छन् । भूकम्पका कारण हालसम्म पूर्वका ६ जिल्लामा १७ जना घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयका सूचना प्रमुख इन्स्पेक्टर श्यामल सुब्बाका अनुसार भूकम्पबाट सुनसरीमा ३, सिरहामा ५, सप्तरीमा ३, तेह्रथुममा ४, मोरंग र संखुवासभामा एक-एक जना घाइते भएका छन् ।

तेह्रथुममा एक विद्यालयका तीन जना विद्यार्थी र एक जना शिक्षक घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको विवरण आउने क्रम जारी रहेकाले बढ्न सक्ने जनाइएको छ ।

रौतहटमा पनि हृदयाघात भई एक महिलाको मृत्यु भएको छ । नवलपरासीमा तीन जना बेहोस भएका छन् ।

यो पनि पढ्नुहोस्

भूकम्पले रौतहटमा १ महिलाको मृत्यु, ५ घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment