Comments Add Comment

भूकम्पले थला पर्‍यो हाउजिङ र रियलस्टेट

पुष्प दुलाल

३० वैशाख, काठमाडौं । एक वर्षदेखि गति लिन थालेको घरजग्गा (हाउजिङ तथा रियलस्टेट) व्यवसाय महाभूकम्पका कारण फेरि एकपटक नराम्रोसँग प्रभावित हुने भएको छ ।

विश्व आर्थिक मन्दीको प्रभाव र नेपाल राष्ट्र बैंकले गरेको कडाइसँगै ०६६ सालदेखि समस्यामा परेको घरजग्गा कारोबार ०७० यता सामान्य सुधार हुन थालेको थियो । काराबारमा आएको सुधारसँगै व्यवसायीहरु जुर्मुराउन थालेका थिए ।

तर, बैशाख १२ गते गएको ७.८ रेक्टरस्केटको बिनासकारी भूकम्पले घरजग्गाको व्यवसायमा भएको करिब पाँच खर्ब लगानीलाई जोखिममा पारेको विज्ञहरु बताउँछन । मंगलबार फेरि ७.२ रेक्टर स्केलको दोस्रो ठूलो भूकम्प गएको छ । त्यसले पनि थप क्षति बढाएको छ ।

horizonसरकार र सर्वसाधारणको अबको लगानी पुनःनिर्माणमा खर्च हुने भएकाले यो व्यवसायमा मन्दी आउने उनीहरुको विश्लेषण छ ।

‘एक/डेढ वर्षदेखि जुर्मुराउन थालेको घरजग्गाको कारोबार र मूल्य भूकम्पका कारण अब केही समय घट्ने हाम्रो आँकलन छ’ नेपाल राष्ट्र बैंकका प्रवक्तासमेत रहेका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले भने ।

बैंकको लगानी १ खर्ब ७० अर्ब

०७१ फागुन मसान्तसम्ममा घरजग्गा क्षेत्रमा बैंकहरुले १ खर्ब ७० अर्ब रुपैयाँ लगानी गरको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार जग्गा तथा व्यावसायिक भवन -अपार्टमेन्ट तथा सपिङ मल)मा बैंकहरुले ५४ अर्ब रुपैयाँ र आबासिय घरमा १ खर्ब १६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन ।

भूकम्पले ल्याउने मन्दीले घरजग्गा व्यवसायमा गएको ऋण असूलीमा समस्या उत्पन्न भई बैंकिङ क्षेत्रको खराब कर्जा बढ्न सक्ने श्रेष्ठले बताए । ‘घरजग्गा र पर्यटन क्षेत्रमा भएको बैंकहरुको लगानीमा खराब कर्जाको मात्रा बढ्ने देखिन्छ’ उनले भने- तर, अन्य क्षेत्र ले त्यसको परिपूर्ति गर्छ भन्ने हाम्रो अपेक्षा छ ।

जग्गाको चक्लाबाजीमा राष्ट्र बैंकले बैंकहरुलाई कर्जा प्रवाहमा कडाई गरेपनि व्यावसायिक भवनलाई भने खासै कडाई गरेको थिएन । आवास प्रयोजनको घर कर्जाका लागि भने राष्ट्र बैंकले प्रोत्साहन गर्दै १ करोड सम्मको कर्जालाई रियलस्टेटमा नराख्ने व्यवस्था गरेको थियो ।

हालसम्म सरकारले सार्वजानिक गरेको तथ्यांक अनुसार महाभूकम्पले करिब साढे तीन लाख घरमा क्षति पुगेको छ । भूकम्पले देशको अर्थतन्त्रमा पाँच खर्बको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान पनि छ ।

काठमाडौंमा के हुन्छ ?

भूकम्पले अतिप्रभावित जिल्लाहरु -सिन्धुपाल्चोक, गोर्खा, काभ्रे, नुवाकोट, रसुवा, दोलखा) लगायतमा जग्गाको कारोबारमा ठूलो गिरावट आए पनि काठमाडौंमा भने खासै असर नगर्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत बताउँछन् ।

‘केही वर्षका लागि अपार्टमेन्ट व्यवसाय चाहिँ ठप्प हुने भयो । जसले उपत्यकामा घरको माग बढाउने देखिन्छ ।’ दाहालले भने- ‘त्यसैले भूकम्प प्रभावित जिल्लाहरुमा जग्गाको भाउ घटेपनि उपत्यकामा खासै नघट्ला ।’

प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि अब घरजग्गाको व्यवसायमा मन्दी आउन सक्ने बताउँछन । ‘महाभूकम्पका कारण पक्कै पनि घरजग्गाको कारोबार घट्ने आँकलन गर्न सकिन्छ ।’ शेरचनले भने ।

अपार्टमेन्ट व्यवसायी निराश

सीइ कन्स्ट्रक्सन्सका प्रबन्ध निर्देशक बिजयराज भण्डारी पनि केही महिनाका लागि अपार्टमेन्ट व्यवसाय ठप्प हुने बताउँछन । ‘मान्छेहरु केही महिना अग्ला अपार्टमेन्टमा बस्न डराउँछन । तर, यति ठूलो बिनासकारी भूकम्प आउँदा पनि अपार्टमेन्टका बासीन्दा सुरक्षित नै भएको खबरले अपार्टमेन्टप्रति उनीहरुको आकर्षण बढ्ने छ ।’ उनले भने ।

१५ अपार्टमेन्ट बस्न नमिल्ने

यसअघिको भूकम्पका कारण अपार्टमेन्टमा मान्छेहरु नमरे पनि अपार्टमेन्टमा उल्लेख्य क्षति भएको छ । भूकम्पपछि शहरी विकास विभागका इन्जिनियरहरुले गरेको २२ वटा अपार्टमेन्टको स्थलगत निरिक्षणमा एक बस्नै नहुने, १५ वटा मर्मतपछि मात्रै बस्न मिल्ने र ६ वटा अपार्टमेन्ट बस्न मिल्ने निष्कर्श निकालेको थियो । काठमाडौं उपत्यकामा ७० वटा अपार्टमेन्ट छन ।

यो पनि पढ्नुहोस

बैंकहरुले घरजग्गामा ऋण बढाउन थाले

ऋण लिने हो ? ढीलो नगर्नुहोस्, ब्याजदर बढ्दैछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment