Comments Add Comment

उत्तर कोरियाका रक्षामन्त्रीलाई तोपले हानेर उडाइयो

Hyon

३० वैशाख, काठमाडौं । उत्तर कोरियाका रक्षामन्त्री हृयान यांग चोललाई सायौं मानिसको अगाडि तोपले हानेर उडाइएको छ ।

समचारहरुमा जनाइए अनुसार दक्षिण कोरियाको खुफिया एजेन्सीले संसदलाई यस्तो जनकारी गराएको हो । दक्षिण कोरियाली समाचार एजेन्सी योनहपका अनुसार ३० अप्रिलमा सयौं मानिसहरुका अगाडि यांगलाई एन्टी एयरक्राफ्ट तोपले हानिएको हो ।

उनी उत्तर कोरियाका सर्वोच्च नेता किम जोन यूनप्रति वफादार नभएको बताइएको छ । यसबारे थप जानकारी प्राप्त भएको छैन । तर, यांग सर्वोच्च नेता यूनको कार्यक्रममा निदाएको र केही निर्देशन समेत पालना नगरेको बताइएको छ ।

यांग २०१० देखि जनरल पदमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment