Comments Add Comment

अमेरिकी हेलिकोप्टर हराउँदा तीनथरि आशंका

३१ वैशाख, काठमाडौं । एमाले नेता राधाकृष्ण मैनालीले अनलाइनखरमा टेलिफोन गरेर प्रश्न गरे- ‘त्यो हराइरहेको भनिएको अमेरिकी हेलिकोप्टर चीनतिर गएको भन्ने चर्चा चलेको छ, के यो सही हो ?’

सोमबार सिन्धुलीमा उद्धार कार्यमा खटिएको UH-1Y हेलिकोप्टर
सोमबार सिन्धुलीमा उद्धार कार्यमा खटिएको UH-1Y हेलिकोप्टर

भूकम्प पीडितको उद्धारमा खटिएको अमेरिकी हेलिकोप्टर मंगलबार दोलखाबाट हराएपछि पूर्वमन्त्री मैनालीलेजस्तै आशंका र प्रश्नहरु धेरै नेपालीले गर्न थालेका छन् । हराएको हेलिकोप्टर तेस्रो दिन बिहानसम्म भेटिएको छैन ।

यति सानो देशको सानो क्षेत्रफलमा हराएको भनिएको हेलिकोप्टर दुई दिनसम्म फेला पर्न नसकेपछि रहस्य उत्पन्न हुनु अस्वाभाविक होइन । दुर्घटनामै परेको भए पनि त्यसका प्रमाणहरु यतिबेलासम्म फेला परिसक्नुपर्ने हो, तर, मंगलबार बेपत्ता भएको हेलिकोप्टरको विहीबार बिहानसम्म अत्तोपत्तो नहुँदा धेरैमा आशंका जन्मियो ।

तीनथरि आशंका

अमेरिकी हेलिकोप्टर हराएपछि अधिकांश नेपालीहरुले यसबारे तीनखाले आशंका गरेका छन् : पहिलो, कतै मानवरहित क्षेत्रमा दुर्घटनामा परेको हुन सक्छ, दोस्रो जानीबुझी चिनियाँ भूमिमा जासुसी गर्न प्रयोग गरिएको हुन सक्छ, र तेस्रो चीनको भूमिमा प्रवेश गरेका कारण चिनियाँहरुले झारिदिएको हुन सक्छ ।

हेलिकोप्टरबारे यतिबेला काठमाडौंका गल्ली गल्लीमा यस्तै चर्चा चल्न थालेको छ । र, यही भएर पूर्वमन्त्री मैनालीले समेतले प्रश्न गरेका हुन्, कतै यो हेलिकोप्टर चीनतिर त गएन ?

आइतबार नेपाली आकाशमा उडान भर्दै UH-1Y हेलिकोप्टर
आइतबार नेपाली आकाशमा उडान भर्दै UH-1Y हेलिकोप्टर

चीन अमेरिकावीचको सम्बन्धलाई लिएर नेपालमा बेला बेलामा यस्ता चर्चाहरु हुने गरेका छन् कि चीनलाई घेर्ने अमेरिकी नीति अन्तरगत नेपालको भूमि विश्व राजनीतिको मैदान बन्न सक्ने खतरा छ ।

नेपालमा आएको दैवी विपत्तिको मौकामा यहाँको भूमि प्रयोग गरेर चीनसम्बन्धी सामरिक सूचना लिने कार्यमा भारत र अमेरिका लाग्न सक्ने आशंका गरिँदै आएका बेला हेलिकोप्टर हराएपछि विभिन्न राजनीतिक आशंकाहरु गरिएका हुन् ।

मिसनमा प्रयोग गरिने नयाँ भर्सनको हेलिकोप्टर : पेन्टागन

यसैवीच अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई उधृत गर्दै वासिङटन पोष्टले जनाए अनुसार अफगानिस्तान र एशिया प्यासिफिक क्षेत्रमा प्रयोग गरिँदै आएको यो हेलिकोप्टर नयाँ भर्सनको हो ।

बेल हेलिकोप्टरद्वारा सन. १९५०मा बनाइएको एयरक्राफ्टको नयाँ भर्सन भएकाले यसलाई सुपर हुएई र याङ्कीका नामले चिनाइने गरेको हो ।
विभिन्न मिसनहरुमा प्रयोग गर्नका लागि बनाइएएको यो हेलीकोप्टर सन् २००८ देखि अफगानिस्तान र प्यासिफिक क्षेत्रमा प्रयोग गरिँदै आएको थियो ।

नेपालमा भूकम्प पीडितको उद्धारका लागि नेपाली सेनासँग ‘सहयोगी हातहरु’ अभियान अन्तरगत अमेरिकाबाट युएच-१ वाईका साथै एमभी-२२ बी ओस्प्रे, केसी-१३०जे कार्गो प्लेन र सी-१७ हेलिकोप्टर भित्रिएका छन् ।

अमेरिकी सेनाको प्यासिफिक कमाण्डका ब्रिगेडियर जनरल पाउल केनेडीको नेतृत्वमा अमेरिकी सेना भूकम्प पीडितको उद्धारमा खटिरहेको छ ।

अमेरिकाले नेपालमा पठाएको सहायता र हेलिकोप्टरको सूची 

CE0LruqUEAAkUsq

तस्वीर स्रोतः वासिङटन पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment