Comments Add Comment

कुलत, कुन देशमा बढि ?

bearलागु औषध तथा मद्यपान लगायतका कुलतको समस्या कुन देशमा बढि होला ? अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले गरेको एक अध्ययनले विश्वव्यापी कुलतको प्रारुपका विषयमा विस्तृत रिपोर्ट तयार पारेको छ ।

रिपोर्ट अनुसार गाँजा लगायतका लागु औषध सेवनमा अस्ट्रेलियालीहरु विश्वमा सबैभन्दा अगाडि छन् । पछिल्लो १२ महिनामा अस्ट्रेलियालीहरुले विश्वमा सबैभन्दा बढि गाँजा, इस्ट्यासी तथा एम्फेटामाइन ड्रग्स सेवन गरे । अध्ययन अनुसार १०.३ प्रतिशत अस्ट्रेलियालीले वर्षमा कम्तिमा १ पटक गाँजा सेवन गरेका छन् ।

रक्सी सेवनको मामिलामा पनि अस्ट्रेलिया अग्रस्थानमा रहेको छ । ८४ प्रतिशत अस्ट्रेलियालीले पछिल्लो १२ महिनामा कम्तिमा १ पटक रक्सी खाएका छन् । रक्सी खाने मामिलामा दोश्रो स्थानमा रहेका बेलायतीहरु ८३.९ प्रतिशत छन् भने तेश्रो स्थानमा रहेका अमेरिकीहरु ६८.९ प्रतिशत रहेका छन् ।

धेरै मानिसले रक्सी खाने मामिलामा अस्ट्रेलिया पहिलो स्थानमा रहेपनि मद्यमानको कुलतको समस्याका दृष्टिले बेलायत पहिलो स्थानमा रहेको देखिएको छ । १२.१ प्रतिशत बेलायतीहरु मद्यपानको कुलतमा फसेका छन् । जबकी ३.७ प्रतिशत अस्ट्रेलियनमा मात्र मद्यमानको कुलत रहेको देखिएको छ ।

धुम्रपानमा पनि बेलायतीहरु अगाडि छन् । २२ प्रतिशत बेलायतीमा धुम्रपानको अम्मल रहेको छ, जबकी अस्ट्रेलियाली भने २० प्रतिशत मात्र धुम्रपानका अम्मली रहेका छन् ।

मुख्य शेाधकर्ता सहप्राध्यापक लिन्डा गोविन्गका अनुसार धुम्रपान तथा मद्यपान विश्वमा सबैभन्दा धेरै मानिसको ज्यान लिने कारकतत्व बनिरहेको छ । विश्वमा पुरुषमा हुने ११ प्रतिशत तथा महिलामा हुने मृत्युमध्ये ६ प्रतिशत धुम्रपानकै कारण हुने गरेको छ । साथै धुम्रपान र मध्यपान विश्वमा सबैभन्दा ठूलो कुलत बनिरहेको पनि देखिएको छ ।

एडिक्सन जर्नलमा छापिएको शोध अनुसार विश्वका ४३ प्रतिशत प्रौढ अर्थात् २ अर्ब १० करोड मानिसहरुले मदिरा सेवन गर्छन् । मध्य, दक्षिण तथा पश्चिम एसियामा अल्कोहल सेवनको दर केवल ९.८ प्रतिशत रहेको छ भने पश्चिम युरोपमा ८८.२ प्रतिशत रहेको छ ।

अध्ययन अनुसार विश्वमा २२.५ प्रतिशत प्रौढहरु अर्थात् १ अर्ब मानिसले धुम्रपान गर्दछन् । धुम्रपानको मामिलामा महिलाहरु भन्दा पुरुष निकै अगाडि रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment