Comments Add Comment

गजल-आउ यूवा देश फर्क

भत्केका घर बनाउ आउ यूवा देश फर्क
घाऊ हरूमा मलम लगाउ आउ यूवा देश फर्क

घाइते आमा रुँदै छन यहाँ छोरो मेरो बोलाउ भनी
आफ्नै देशमा पसिना बगाउ आउ यूवा देश फर्क

दशौ हजार एकै चिहान बनाइ छाड्यो बिपत्तिले
भोका पेटलाई मूठी खनाउ आउ यूवा देश फर्क

लाला बाला टुहुरा को बिजोग भाछ नियतिले
पल पलको त्राश भगाउ आउ यूवा देश फर्क

सबै मिली हातेमालो देखाउनु छ संसार सारा
देश तिम्रै हो राष्ट्रियता जनाउ आउ यूवा देश फर्क

मित्र पाठकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment