Comments Add Comment

छोरीको आशमा १३ भाइ छोरा

13 sun

हाम्रो देशमा छोराको आशमा दम्पतीहरुले धेरै छोरी जन्माउने गरेका उदाहरण प्रसस्तै पाइन्छन् । गर्भमै लिंग पहिचान गर्न सकिने र गर्भपतले कानूनी मान्यता पाइसकेको अवस्थामा छोराको आशमा लगातार छोरी पाउने क्रममा भने केही कमी आएको छ पछिल्लो समयमा । तर अमेरिकाको जस्तो विकशित देशमा भने यस्तो प्रथा अझै कायम रहेछ, यद्यपि छोराको आशमा होइन, छोरीको आशमा ।

अमेरिकाका एक दम्पतिले छोरी पाउने आशमा लगातार १३ वटा छोरा जन्माएका छन् ।

अमेरिकाको मिचिगनका जे सेवान्डिट र क्याटेरी सेवान्डिटले बुधबार आफ्नो १३ औँ सन्तानलाई स्वागत गरे । यसअघिका १२ वटै सन्तान छोरा रहेकोमा अहिले छोरी जन्मिने आशामा उनीहरु थिए, तर सोँचेजस्तो भएन । १३ औँ सन्तान पनि पुलिंगै भइदियो ।

आखिर अमेरिकाजस्तो अत्याधुनिक चिकित्सा पद्धति भएको देशमा पनि किन यसरी लगातार बच्चा जन्माउनु आवश्यक थियो र ? के उनीहरुले गर्भको बच्चाको लैंगिक परीक्षण गराउन नसक्ने थिए र ? भन्ने प्रश्न उठ्छ । तर कुरो के रहेछ भने उनीहरुको परिवारको परम्परामा नै गर्भको बच्चाको लिंग परीक्षण गराउन बन्देज रहेछ । त्यसैले उनीहरुले गर्भको बच्चाको लिंग परीक्षण गराउन यो पाला पनि  पाएनन् र छोरीको आशामा लगालग छोरा जन्माइरहेका छन् ।

१३ भाई छोराका बाबु जेका अनुसार यो पाला श्रीमतीले छोरी जन्माउँछिन् भन्ने आशा उनलाई थियो ।

अामा क्याटेरीलाई आफुले १३ छोरा जन्माएकोमा कुनै अनौठो लागेको छैन । किनकी उनी पनि १३ सन्तान भएको परिवारकी १३ औँ छोरी हुन् ।

स्वान्डिट परिवारका १३ छोरामध्ये जेठा छोरा टेलको उमेर २२ वर्ष छ भने अहिले जन्मेका कान्छा भन्दा माथिल्लो छोरा जम्मा २१ महिनाका छन् ।

कान्छो छोराकेा नाम के राख्ने भनेर अहिले बच्चाका बाउआमा तथा दाजुहरु समेत घोत्लिरहेका छन् तर अझै नाम जुरिसकेको भने छैन ।

अब १४ औँ बच्चा पनि जन्माउने हो ? भन्ने प्रश्नमा जे भन्छन्, ‘हुँदै हुन्न भन्ने कुरा भन्नै सकिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment