Comments Add Comment

यी हुन् दुनियाकै महंगा तर अनौठा अन्तरवस्त्र

तपाइँ कति मूल्यका अन्तरवस्त्र लगाउनुहुन्छ ? के भित्री वस्त्रहरु पनि करोडौँ रुपैया मूल्यका हुन्छन् भन्ने पत्याउनुहुन्छ ? पत्याउनै कर लाग्छ । विश्वका कतिपय चर्चित वस्त्र कम्पनीहरुले यस्ता अन्तरवस्त्र तयार पारेका छन् जसमा हिरा, मोती लगायतका बहुमूल्य पत्थरहरु जडित छन् । ती वस्त्रहरुको मूल्य सुन्दैमा झसँग हुनुपर्ने अवस्था छ । दुनियाका केही अत्यधिक मूल्यवान अन्तरवस्त्रहरु यस्ता छन्-

victoria_secret_142985303रुबी र हिराजडित भिक्टोरिया सेक्रेट ब्राण्डको अन्तरवस्त्र- सन् २००० मा भिक्टोरिया सेक्रेटले तयार पारेको यो बहुमुल्य अन्तरवस्त्र पहिलोपटक सुपर मोडेल जिसेल बन्डचेनले सार्वजनिक गरेकी थिइन् । यो अन्तरवस्त्रमा रुबी तथा हिरा जडित ब्रा तथा पेन्टी संलग्न थियो । यसको मूल्य १ करोड ५० लाख डलर तोकिएको थियो ।

भिक्टोरिया सेक्रेट डायमण्ड ब्रा- सन् २००१ मा भिक्टोरिया सेक्रेटले आफ्ना फन्टासी कलेक्सन अन्तरगत हिराजडित ब्रा लन्च गर्यो । यो ब्रा लाई चर्चित मोडल हेइदी क्लमले प्रस्तुत गरेकी थिइन् । यो ब्रामा हिराका साथै मुगा पनि जडित थियो । यो ब्रा को मूल्य थियो १ करोड २५ लाख डलर । यो उतिबेलाको सबैभन्दा महंगो ब्रा को रुपमा थियो ।eonline_1429853028अनामिका खन्नाको बिज्बेल्ड बस्टियर- भारतीय डिजाइनर अनामिका खन्नाले सन् २०१० मा भारतकै सबैभन्दा महंगो अन्तरवस्त्र डिजाइन् गरिन् । मलिका अरोराले उक्त पत्थर जडित अन्तरवस्त्रलाई सार्वजनिक गरेकी थिइन् । त्यसको मूल्य थियो १० लाख डलर ।

यल्लो गोल्ड सेट- यो अन्तरवस्त्र सायद कसैको रोजाइमा पर्छ भने त्यो केवल यसको मूल्यकै कारणले होला, किनकी यो पहिरिने प्रयोजनमा खासै काम लाग्ने देखिँदैन । चीनको एक सहरमा ४ महिना लगाएर बनाइएको यो सुनको अन्तरवस्त्र पहिरन नै असहज लाग्ने खालको छ । यसलाई ३ हप्तासम्म सार्वजनिक प्रदर्शनीमा राखिएको थियो । यसको मूल्य २६ हजार डलर तोकिएको थियो । सबैभन्दा रोचक कुरा त के भने यो अन्तरवस्त्रलाई अहिलेसम्म कसैले पनि किनेका छैनन् ।

wantchinatimes_1429853036

च्यास्टिटी बेल्ट- सायद यो दुनियामा अहिलेसम्मकै सबैभन्दा अनौठो अन्तरवस्त्र हो । सन् २००२ मा आभुषण डिजाइनर उवे कोएटरले एक दक्षिण अपि|mकी ग्राहकका लागि यो च्यास्टिटी बेल्ट बनाएका थिए । गोप्य अंग छोप्ने र त्यसलाई बन्द गर्ने लकमा हिरा तथा मोती जोडिएको छ भने अन्य भाग सुनको छ । यसको मूल्य २० हजार डलर तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment