Comments Add Comment

यसकारण फाइदाजनक हुन्छ सहवास

sex-life

सहवासको एकमात्र फाइदा आनन्द हो भन्ने सोँच्नुभएको छ भने तपाइँ गलत हुनुहुन्छ । नियमित सहवास मानिसको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यसले अनिद्राको समस्या हटाउने मात्र होइन तनावबाट मुक्ति दिने सरीरको क्यालोरी दहन गरी मोटोपना कम गर्न पनि सहयोग गर्छ । टाइम्स अफ इण्डियाका अनुसार सहवासका अन्य फाइदाहरु यस्ता छन्-

मुटुको स्वास्थ्यमा सुधार गर्छ- हालैको एक अध्ययनले पुरुषहरुमा सहवासले हृदयाघातको जोखिम कम गर्ने देखाएको छ । अध्ययन अनुसार हप्तामा कम्तिमा दुइपटक भन्दा बढि सम्भोग गर्ने पुरुषमा हृदयाघातको जोखिम महिनामा एकपटक भन्दा पनि कम सेक्स गर्ने पुरुषमा भन्दा निकै कम हुन्छ ।

दुखाइ कम गर्छ- यदि टाउको दुख्यो भनेर सम्भोग टार्ने गर्नुभएको छ भने अब त्यसो नगर्नुहोस्, किनकी सहवास त आफैमा टाउको दुखाइएको ओखती हो । सहवासले जिउको दुखाइ कम गर्छ । सहवासको चरम आनन्दको बेला सरीरबाट अक्सिटोसिन हर्मोन ५ गुणा बढि निस्किन्छ । त्यस्तै इन्डोरफाइन हर्मोन पनि उत्सर्जन हुने भएकाले सरीरको दुखाइ कम हुन्छ ।

रोगप्रतिरोधी क्षमता बढाउँछ- नियमित सम्भोगले सरीरमा रोगप्रतिरोधी क्षमता बढाउने एन्टीबडीको मात्रा बढाउँछ । रोगप्रतिरोधी क्षमतायुक्त एन्टीबडी इम्युनोग्लोबुलिन ए को कारण साधारण रुघाखोकी तथा ज्वरो जस्ता सामान्य रोगव्याधहरुले हतपती समाउन सक्दैनन् ।

तनाव कम गर्छ- के काम तथा पारिवारिक कारणले गर्दा तनावमा हुनुहुन्छ ? त्यसोभए त्यो तनावलाई आफ्नो यौनजिवनमा प्रवेश गर्न नदिनुहोस्, अर्थात् तनाव छ भन्दै सहवासबाट पन्छिने काम नगर्नुहोस् । सहवास तनाव कम गर्ने उपाय हुनसक्छ । सहवासले तपाइँको मूड लाई रिल्याक्स बनाइदिन्छ र तनाव कम गरिदिन्छ । अध्ययन अनुसार नियमित रुप्मा सहवास गर्ने मानिसहरुले प्रभावकारी रुपमा तनाव व्यवस्थापन गर्न सक्छन् र नियमित सहवास नगर्ने भन्दा बढि खुसी हुन्छन् ।

दीर्घायु जिवन- सहवासको चरमोत्कर्षका बेला सरीरबाट डिहाइड्रोइपीएन्ड्रोस्टेरोन हर्मोन उत्सर्जन हुन्छ । यसले सरीरको रोगप्रतिरोधी क्षमता बढाउनुका साथै सरीरका क्षतिग्रस्त तन्तुको पुनर्निर्माण गर्दछ र छालालाई पनि स्वस्थ राख्दछ । हप्तामा कम्तिमा दुइपटक सम्भोग गर्ने पुरुषहरु महिनामा एक पटक मात्र सम्भोग गर्ने पुरुषभन्दा दिर्घायु हुने अध्ययनले देखाएको छ ।

रक्तसंचार बढाउँछ- सम्भोगका बेला मुटुको रगत पम्प गर्ने दर बढ्छ । यसो हुँदा अक्सिजनयुक्त फ्रेस रगत सरीरका प्रत्येक अंग तथा कोषिकाहरुमा तिब्र रुपमा प्रवाह भइरहन्छ । यसो हुँदा सरीरका विषाक्त पदार्थहरु समयमै निष्कासन हुन्छन् र जिउको थकान कम हुन्छ ।

निद्रामा सुधार- सहवासले अनिद्राको समस्या भएका मानिसहरुलाई लाभ पूराउँछ । सहवासपछि मानिसहरुमा गहिरो निद्रा पर्छ । पर्याप्त निद्राले मानिसको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने जगजाहेरै छ ।

तन्दुरुस्ती बढाउँछ- अध्ययन अनुसार आधा घण्टाको सम्भोगले सरीरको ८० क्यालोरी उर्जा खपत गर्दछ । त्यसैले सरीरको मोटोपना घटाउनका लागि तथा सरीरलाई तन्दुरुस्त राखी मधुमेह जस्ता रोगबाट बच्नका लागि सहवास सहयोगी हुनसक्ने विज्ञहरु बताउँछन् ।

हर्मोनमा वृद्धि- सहवासले सरीरमा इस्ट्रोजेन र टेस्टेस्टेरोन हर्मोनको मात्रा बढाउँछ । टेस्टेस्टेरोनले मानिसलाई आफ्नो लक्ष्यमा निर्धक्क भएर लाग्न प्रेरित गर्नुका साथै सरीरका मांशपेशी, हड्डी तथा मुटुको स्वास्थ्यमा समेत सुधार गर्दछ । महिलामा इस्ट्रोजेन हर्मोनले मुटुरोगबाट बचाउनुका साथै महिलाको सरीरबाट निस्कने गन्ध निर्धारण पनि गर्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment