Comments Add Comment

नेपाललाई आर्थिक सहयोग जुटाउन ब्याट फर नेपाल अभियान

Nepali-Cricket

४ जेठ, काठमाडौं । भूकम्पले क्षतिग्रस्त नेपालमा क्रिकेटका पूर्वाधारहरु पुनर्निर्माणका लागि रकम जुटाउन ‘ब्याट फर नेपाल’ अभियान चलाइने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानको नेपाल र विश्व ११ टीमबीच मलेसियामा एकदिवसीय क्रिकेट खेल्ने मलेसिया क्रिकेट बोर्डको प्रस्ताव स्वीकार गरेको छ । साथै खेलको लोगो समेत सार्वजनिक गरिएको छ । खेलको नाम नेपाल अर्थक्वेक फण्ड राइजिङ म्याच दिइएको छ ।

नेपाल क्रिकेट टीम राष्ट्रिय एकताको प्रतिक भएकाले यस्तो खेल गर्न लागिएको क्यानका सीइओ भावना घिमिरेले बताएकी छन् । मलेसिया क्रिकेट एशोसिएनका अध्यक्षका अनुसार खेल किनरारा ओभलमा हुनेछ ।

साथै अन्य देशको क्रिकेट बोर्डसँग पहल गर्ने निर्णय गरेको छ । नेदल्याण्डसहितका देशका क्रिकेट संघसँग पनि कुराकानी भइरहेको क्यान स्रोतले बताएको छ ।

वैशाख १२ को विनाशकारी भूकम्पले कीर्तिपुरस्थित इन्डोर हलमा क्षति पुगेको छ ।

विश्वकप छनोटको तयारीका लागि भारत जाने

नेपाल क्रिकेट संघ क्यानले आसन्न टी-२० विश्वकप छनोटको तयारीका लागि राष्ट्रिय टीमलाई भारत पठाउने निर्णय समेत गरेको छ ।

नेपालमा विनाशकारी भूकम्प गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले नेपाली टीमलाई आफ्नो राष्ट्रिय एकेडेमीमा आएर विश्वकप छनोटको तयारी गर्न प्रस्ताव गरेको थियो ।

त्यसलाई स्वीकार गर्दै नेपाली टोली जुन पहिलो साता भारत जाने भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतमा स्थानीय टोलीसँग अभ्यास खेलहरु समेत हुनेछ ।

भारतबाट फर्किएपछि नेपाली टोली अभ्यास खेलका लागि इंग्ल्याण्ड र नेदरल्याण्ड भ्रमणमा जानेछ । त्यहाँ ब्याटिङ प्रशिक्षक र फिटियोलाई पनि नेपाली टीममा समावेश गरिनेछ ।

टी-२० विश्वकप छनोट आयरल्याण्ड र स्केटल्याण्डमा जुलाई ६ देखि २६ सम्म हुनेछ । समूह एमा रहेको नेपालका सबै खेल आयरल्याण्डमा हुनेछ । नेपाल रहेको समूह एमा आयोजक आयरल्याण्डसँगै हङकङ, पपुवा न्यूगिनी, नामिबिया, अमेरिका र जर्सी छन् ।

विश्वकप छनोटपछि नेपालले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत स्कटल्याण्डसँग दुई खेल खेल्नेछ ।

क्यानको बैठकले जुलाईमा बंगलादेशमा हुने एसीसी लेभल थ्री कोचिङ कोर्षका लागि प्रशिक्षकहरु नविनकुमार सिंह र महेश रिजाललाई छनोट गरेको छ । दिपेन्द्र चौधरीलाई बैकल्पिकमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment