Comments Add Comment

टेकोमा अडिएको पाटनबजार (फोटोकथा)

Patan (4)

४ जेठ, काठमाडौं । भूकम्पपछि ललितपुर पाटनका अधिकांश पुराना घर क्षतिग्रस्त भएका छन् । भत्किने भत्किहाले, नभत्किएकाहरु चर्किएर बस्नै नहुने भएका छन् ।

साँघुरा गल्ली वरपरका घर कतिबेला भत्किन्छन् ठेगान छैन । त्यसैले स्थानीयले घर नभत्कियोस्, धेरै क्षति नहोस् भनेर उपाय निकाले र टेको लगाएर अड्याए ।

पाटन क्षेत्रका पुराना घरहरु काठ, बाँस र फलामको टेको लगाएर अड्याइएको छ । घर अड्याउन प्रयोग गरिएको टेकोले बाटोमा मोटरसाइकल पनि छिर्न सक्दैनन् । जोखिमयुक्त सडक तथा गल्लीमा त हिँडडुल गर्नसमेत रोक लगाइएको छ ।

तर कतिपय त्यसलार्इ बेवास्ता गर्दै जाेखिमयुक्त क्षेत्रमा हिँडडुल गरेको पनि देखियो । मानिसहरू टेकोले अड्याइएका घरमा बसेका पनि देखियो । पटक पटक अाउने पराकम्पनले कुनै पनि बेला टेकोले अड्याइएका घर भत्किने र थप क्षति हुने खतरा छ ।

Patan (5)

के भन्छन् इन्जिनियर ?

सिभिल ईन्जिनियर डा. सूर्यराज आचार्य भन्छन्, ‘यस्लाई तत्काल रोक्नुपर्छ । जोखिमयुक्त घरहरुको वरपर पनि जान दिनु हुँदैन ।’

पराकम्पनहरु आउने क्रम जारी रहेको र गाडीहरु गुड्दा तथा जहाजहरु उड्दा पनि जमिन थर्किएर कुनै पनि बेला घरहरुमा क्षति पुग्ने भएकाले सजग हुनुपर्ने आचार्यले बताए ।

उनले भने, ‘अपार्टमेन्टहरुमा स्टीकर लगाउँदै हिँड्नु भन्दा पहिले यस्ता पुराना बस्तीहरुलाई प्राथमिकता दिनुपर्छ । सरकारले क्वीक एक्सन लिनुपर्छ । यस्ता धरापहरु राखिरहनु हुँदैन ।’

Patan (1)

Patan (30)

Patan (29)

Patan (19)

Patan (15)

Patan (16)

Patan (25)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment