Comments Add Comment

यी हुन् दिनको १ किलो बालुवा खाने महिला

PAY-Sudama-Deviविश्वमा केही यस्ता मान्छेहरु हुन्छन् जसले सामान्यतया अभक्ष अर्थात् खान नमिल्ने वा नहुने चिजहरु खाने गर्छन् । किन उनीहरुले त्यस्ता अभक्ष चिजहरु खान्छन् ? त्यस्ता चिजहरु खाएर पनि कसरी बाँच्दछन् होला ? हामी सामान्य मान्छेहरुलाई अनौठो लाग्छ ।

भारतमा एकजना यस्ती महिला छिन् जसले हरेक दिन बालुवा खान्छिन् । भारतको उत्तरप्रदेशस्थित शाहजहाँपुरकी बासिन्दा सुदामा देवीले हरेक दिन एक किलो बालुवा खान्छिन् भन्दा पत्यार नलाग्न सक्छ ।

समाचार अनुसार सुदामा देवीले आफु १० वर्षको छँदादेखि बालुवा खान सुरु गरेकी रहेछिन् । १० वर्षकी हुँदा उनले आफ्नी साथीसँग बालुवा खाने बाजी थापिन् । बाजी जित्नका लागि उनले बालुवा खाएर देखाइन् । त्यसपछि त उनलाई एक दिन दुइ दिन गर्दै बालुवा खाने बानी नै पर्यो अनि अहिले सम्म पनि उनको बालुवा खाने क्रम जारी छ । उनले दिनमा ४ पटक गरी १ किलो बालुवा नियमित रुपमा खाइरहेकी छिन् । यति लामेा समयदेखि नियमित रुपमा बालुवा खाँदा समेत आफुलाई कुनै बिसन्चो नभएको उनको भनाइ छ ।

उनलाई बालुवा चिनीजस्तै गुलियो लाग्ने गरेको र मीठो मानेर खाने गरेको छिमेकीहरु बताउँछन् । यतिसम्मकी एउटा बिहेको रात्रीभोजमा समेत उनका लागि खानाको रुपमा बालुवा मगाइएको थियो । उनकेा यस्तो आहार देखेर डाक्टरहरु पनि हैरान छन् र यसको कारण पत्ता लगाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment