Comments Add Comment

१ डलर र एउटा निबन्धमा ४ करोड पर्ने घर

Writer-IIIअमेरिकाको हस्टनस्थित ४ लाख डलर मूल्य पर्ने घरको भाउ १ डलरमा झारिएको छ । ४ लाख डलर पर्ने सद्दे घरलाई १ डलरमा किन्न पाएपछि कसले नकिन्ला र ? तर यो घर किन्न केवल १ डलर मात्र खर्चनु पर्याप्त हुनेछैन, एउटा खाँटीको निबन्ध समेत लेख्नुपर्नेछ ।

मिचेल र स्टेफाइन दम्पतिले आफु बस्दै आएको घरबाट छोरीको स्कुल नजिकैको अर्को घरमा सर्ने निधो गरेसँगै पूरानो घर बेच्ने निधो गरे । ४ लाख डलर मूल्य पर्ने उक्त घरको मूल्य उनीहरुले यसरी घटाएकी जो कोही अचम्ममा पर्नु अस्वभाविक भएन ।

आफुहरुको घर किन्न चाहने ग्राहकले २ सय शव्दको एउटा निबन्धका साथै डेढ सय डलर शुल्क सहित घर खरीदका लागि बोलपत्र हाल्न दम्पतीले आग्रह गरेका छन् ।

शुक्रबार सम्ममा ३ सय जनाले निवन्ध सहित घर किन्नका लागि निवेदन हालेका तर कसैले पनि बोलपत्र शुल्क भने दाखेला नगरेको बताइएको छ ।

सबैभन्दा उत्कृष्ट निबन्ध सहित बोलपत्र हाल्नेलाई घरको क्रेताका रुपमा छनोट गरिनेछ । घर खरीदमा छनोट हुनेले उक्त घरको कर, अन्य विमा पोलिसी रकमका साथै करार सम्झौताको रुपमा जम्मा १ डलर मात्र तिरे पुग्नेछ ।

आफ्ना चिनेजानेका आफन्त तथा साथीभाइलाई भने घर किन्नका लागि निवेदन नहाल्न र निवन्धमा आफ्नो परिचय खुल्ने कुनै जानकारी समेत नराख्न आग्रह गरिएको छ । जुनको मध्य सम्ममा प्राप्त निवन्धमध्ये उत्कृष्ट छनोट गरि विजेता घोषणा गरिने बताइएको छ । कुनैपनि क्रेता छनोट हुन नसकेमा बोलपत्र शुल्क फिर्ता गरिने दम्पतीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment