Comments Add Comment

कोलम्वियामा बाढी र पहिरोले ६० भन्दा धेरैको मृत्यु

colombia_landslide

५ जेठ, काठमाडौं । कोलम्बियाको एनटियोकियो प्रान्तमा बाढी र पहिरोले ६० भन्दा धेरैको मृत्यु भएको छ । केही मानिस वेपत्ता भएका छन् ।

कोलम्बियाका राष्ट्रपति जुआन मेन्यूल सान्टोसले प्रभावित क्षेत्रको अवलोकन पछि आपतकालीन स्थिति घोषणा गरेका छन् ।

भारी बर्षापछि सलगर शहरको लिबोरियना नदीमा बहाव बढेको र तटबन्ध फुटेर पहिरो गएको बताइएको छ । बाढीले घर र मानिसहरुलाई बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । तर, कति वेपत्ता भए भन्ने यकिन जानकारी आएको छैन ।

प्रभावित क्षेत्रमा उद्धार र राहत पुर्‍याउने काम जारी छ । भत्किएका भौतिक संरचनामा जीवित व्यक्तिहरुको खोजी भैरहेको छ ।

राष्ट्रपति सान्टोसले भत्किएका घरहरुको पुनर्निर्माण गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment