Comments Add Comment

पर्यटकीय गाउँको पूर्वाधार पुनर्निर्माणमा ६ करोड आवश्यक

Langtang Himal (9)
५ जेठ, काठमाडौं । विनाशकारी भूकम्पले क्षतिग्रस्त चार पर्यटकीय गाउँमा पूर्वाधार निर्माण गर्न सरकार अगाडि सरेको छ । यसका लागि पर्यटन विभागले राष्ट्रिय योजना आयोगमा ६ करोड रुपैयाँ प्रस्ताव गरेको छ ।

विभागले रसुवाको लाङटाङ, गोरखाको मनस्लु, सिन्धुपाल्चोकको हेलम्बु, देलखाको गौरीशंकरको पूर्वाधार पुनर्निर्माण गर्ने भएको हो । पर्यटकीय गाउँको पूर्वाधार बनाउन विभागले शहरी विकास मन्त्रालयसँग साझेदारी गर्ने प्रस्ताव गरेको छ ।

यी पर्यटकीय गाउँहरु वैशाख १२ र २९ गते अएको भूकम्पबाट क्षतिग्रस्त भएका छन् । राजधानीबाट नजिक रहेका यी गन्तव्यहरु पदयात्रा पारखीहरुको रोजाइमा पर्दै आएका छन् ।

यसैगरी भूकम्पबाट प्रभावित मनस्लु, लाङटाङ, हेलम्बु, च्छोरोल्पा क्षेत्रका होटल, रेष्टुराँ, होमस्टे, टि-कफी हाउस मर्मत तथा सुधारका लागि २ करोड रुपैयाँ अनुदानको आवश्यकता रहेको विभागले जनाएको छ ।

विभाग सार्वजनिक निजी साझा संयन्त्रको नियमित बैठक गरेर नयाँ पर्यटकीय गन्तव्यहरु पहिचान गर्ने, त्यहाँ सेवा सुविधा विस्तार गर्ने, प्रचारप्रसार र बजारीकरण गर्दै जाने योजनामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment