Comments Add Comment

१७ वटीलाई धोका दिने अन्तिममा कर्याप्प

casanovaपाप धुरीबाट कराउँछ भन्ने उखान त्यसै बनेको होइन । अति गरेपछि खति भएरै छाड्दछ । चीनमा यस्तै भएको छ । लगातार १७ वटी गर्लप|mेण्डलाई धोका दिने एक युवक अन्ततः पुलिसको पन्जामा परेका छन् ।

हुनान प्रान्तका ती पुरुषले गएको महिना निकै चर्चा बटुलेका थिए । उनी दुर्घटनामा परेर अस्पतालमा भर्ना भएसँगै उनलाई भेट्नका लागि उनका प्रेमिकाहरुको अस्पतालमा ताँती लागेपछि सबै अचम्ममा परे । १७ वटी प्रेमिका हुँदापनि सबैलाई ‘तिमी त मेरो एकमात्र’ भनेर ढाँट्दै, मज्जा लुट्दै गरेका ती पुरुषको करतुत अस्पतालमै छताछुल्ल भयो ।

त्यसपछि धोका पाउने ती प्रेमिकाहरुले रिभेन्ज एलाइन्स अर्थात् प्रतिशोध गठबन्धन नामक अनलाइन च्याट ग्रुप खडा गरे । उक्त च्याट ग्रुपमा उनीहरुले उक्त साझा प्रेमीका करतुतका विषयमा आफ्ना अनुभवहरु शेयर गरे र उसलाई पक्राउन सहयोग गरे । धोकेबाज प्रेमी पक्राउ परेसँगै उनीहरुले अनलाइन च्याट ग्रुपको नाम परिवर्तन गरेर एन्जेल्स राखेका छन् र अब पुराना कुरा बिर्सेर नयाँ जिन्दगी सुरु गर्ने बताएका छन् ।

_china_romeo_girls_hospital_casanova

साउथ चाइना मर्निङ पोष्टका अनुसार ती धोकेबाज पुरुषको नाम युआन हो जो हुनानको चांगसाका बासिन्दा हुन् । उनले हरेक महिना आफ्ना प्रेमिकाहरुबाट पैसा समेत उठाउने गर्थे र सोही पैसाबाट आफ्नो एउटा बच्चाको पालनपोषण गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment