Comments Add Comment

सौताको लासमाथि पनि यस्तो रिस ? मुख र वक्षस्थ काटकुट

PANews

महिलाका लागि सबैभन्दा अप्रिय चिज भनेको सौता हो भनिन्छ । सौता, जसले आफ्नो लोग्नेलाई खोस्छे र आफ्नो जिवनलाई भताभुंग पारिदिन्छे, त्यसप्रति रिस नउठ्ने कुरै भएन ।

बिहे गरिसकेपछिकी सौता मात्र होइन बिहे नगर्दैको अवस्थामा आफ्नो प्रेमीलाई खोस्ने अविवाहित सौताप्रति पनि महिलाको रिसको आगो कम नहुने रहेछ । अमेरिकाकी एक महिलाले यसलाई प्रमाणित गरिदिएकी छिन् ।

अमेरिकाको ओक्लोहामामा एक महिलाको शवबाट अंगच्छेदन गरेको आरोपमा अर्की महिला पक्राउ परेकी छिन् ।

साइना सिम्स नामकी ती महिलामाथि अन्त्येष्टिका लागि तयारी हालतमा राखिएको एक शवको मुखमा चक्कुले काट्नुका साथै शवको औँला तथा वक्षस्थ्ल समेत काटेर फ्याँकिदिएको अभियोग लागेको छ । तल्सा जिल्ला अदालतमा उनी विरुद्धको मुद्धाको सुनुवाई आगामी सोमबार हुने बताइएको छ । शुक्रबार हुने भनेको सुनुवाई सोमबारका लागि सरेको हो ।

सिम्स विरुद्ध अन्तिम संस्कार समारोह अवरुद्ध पारेको, जुत्ता चोरेको तथा गैरकानूनी रुपमा शवबाट अंगच्छेदन गरेको लगायतका अपराधमा मुद्धा दायर भएको हो ।

ती महिलाले मृतक महिलाको शवबाट वक्षस्थल तथा औँला समेत काटिदिनु र अनुहारमा समेत चिरा चिरा पारिदिनुको कारण के होला ? वास्तवमा उनले आफ्नो रिस पोख्न त्यसो गरेको अनुमान गरिएको छ ।

मृतक महिला उनकी ‘अविवाहित सौता’ रहेछिन् । उनको भुतपूर्व ब्वाइफ्रेण्डकी प्रेमिका रहेछिन् ती मृतक महिला । आफुसँग प्रेम गरिरहेको युवकलाई चोरेर लग्ने र आफ्नो प्रेमी बनाउने महिलाप्रति सिम्सको मनमा प्रतिशोधको ज्वाला दन्किरहेको रहेछ । उनले ती सौता जिउँदो छँदै त केही गर्न सकिनछिन् तर मरेपछि भएपनि रिस पोखिन् र शवलाई काटकुट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment