Comments Add Comment

मुस्लिम विरोधी फिल्म नरोक्न युट्युबलाई आदेश

you-tube-logo

मुस्लिम विरोधी भनिएको फिल्म ‘इनोसेन्स अफ मुस्लिम’ यु ट्युबबाट नहट्ने भएको छ । अमेरिकाको सनफ्रान्सिस्कोस्थित पुनरावेदन अदालतले उक्त फिल्मलाई युट्युब च्यानलबाट नहटाउन गुगललाई आदेश दिएको हो ।

यसअघि प्रारम्भिक अदालतको ३ सदस्यीय इजलासले उक्त फिल्मलाई यु ट्युबबाट हटाउन आदेश दिएको थियो । तर प्रारम्भिक अदालतको आदेशलाई पुनरावेदन अदालतले उल्टाएको छ । ११ न्यायाधीश संलग्न इजलासले यु ट्युबमार्फत उक्त फिल्म देखाउनमा लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने फैसला गरेको हो ।

इनोसेन्स अफ मुस्लिम नामक हलिउड फिल्ममा मुस्लिम धर्मका प्रवर्तक मोहम्मदलाई बालयौनाकर्षण भएको पात्रका रुपमा चित्रित गरिएको छ । यो फिल्मका कारण विभिन्न मुस्लिम देशहरुमा अमेरिकाविरोधी भावना चुलिनुका साथै सन् २०१२ मै विभिन्न हिंसात्मक प्रदर्शन समेत भएका थिए । आक्रमणमा परी लिबियाको बेन्गाझीमा अमेरिकी कुटनीतिज्ञ सहित ४ जनाको ज्यान गएको थियो ।

पुनरावेदन अदालतले आफ्नो फैसलामा भनेको छ, ‘एउटा विशुद्ध कलात्मक उत्पादनको रुप्मा रहेको यो फिल्ममा मोहम्मदलाई हत्यारा, बाल यौनआकषिर्त, तथा समलिंगी पात्रको रुपमा प्रस्तुत गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment