Comments Add Comment

लभ हर्मोनले घटाउँछ पुरुषको मोटोपना

love-hormone

एक अध्ययन अनुसार लभ हर्मोनको नामले चिनिने अक्सिटोसिन हर्मोन पुरुषहरुमा मोटोपना घटाउन सहयोगी हुने देखाएको छ ।

जब कुनै व्यक्तिले आफ्नो विपरित लिंगीलाई चुम्बन गर्छ वा अंकमाल गर्दछ, त्यस बेलामा समेत अक्सिटोसिन हर्मोन उत्सर्जन हुन्छ । अझ यौनको चरम आनन्दको समयमा अक्सिटोसिन हर्मोनको उत्सर्जन सबैभन्दा बढि हुन्छ ।

शोधकर्ताहरुका अनुसार यो हर्मोनले पुरुषको उपापचयन अर्थात् मेटाबोलिज्म प्रक्रियामा प्रभाव पार्दछ । जसका कारण पुरुषमा क्यालोरी तथा भोकलाई कम गरिदिन्छ । साथै भोकलाई नियन्त्रण गर्ने हर्मोनको स्तरलाई समेत सन्तुलनमा राख्दछ ।

अध्ययन अनुसार यौन सम्पर्कका बेला महिलाले भन्दा पुरुषले बढि उर्जा दहन गर्दछन् । यसका साथै सम्भोगका बेला निस्किने अक्सिटोसिन हर्मोनले पुरुषहरुलाई वजन घटाउन समेत सहयोग गर्छ ।

शोधका क्रममा २५ जना सहभागीहरुलाई उनीहरुले नियमित रुपमा ग्रहण गर्नेभन्दा दोब्बर मात्रामा खाजा दिइयो भने सुइमार्फत अक्सिटोसिनको एक डोज समेत दिइयो । त्यसपछि उनीहरुलाई आराम गर्न लगाएर रेस्टिङ इनर्जी मापन गरियो ।

तत् पश्चात के पत्ता लाग्यो भने अक्सिटोसिनका कारण खानामा भएको क्यालोरी शोषण कम हुन्छ र सरीरको इन्सुलिनप्रतिको संवेदनशीलता पनि बढ्दछ ।

इन्सुलिनले सरीरमा कार्बोहाइड्रेट र चिल्लो पदार्थको मेटाबोलिज्म नियमन गर्दछ । जसका कारण रगतबाट ग्लुकोज शोषण गरेर अस्थीमांशपेशी तथा बोसोजन्य कोषिकामा लैजाने तथा बोसोलाई उर्जाका रुपमा प्रयोग गर्नुको साटो थुपार्ने काम गर्दछ ।-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment