Comments Add Comment

काश्मिरमा पुगेपछि सलमानलाई आयो कट्रिनाकाे याद

salman-and-katrina
बलिउड नायक सलमान खानलाई बेला-बेलामा आफ्ना पूर्व प्रेमिकाहरुको याद आउँछ । ४९ बर्षमा पुगेर पनि अविवाहित नै रहेका सलमानले फेरि एकपटक आफ्नी पूर्व प्रेमिका कट्रिना कैफको संझना गरेका छन् ।

चलचित्र ‘बजरंगी भाइजान’को छायांकनको क्रममा काश्मिरमा पुगेका सलमानले कट्रिनालाई संझिएका हुन् । सलमानले आफ्ना पूर्व प्रेमिकाहरुको याद चर्चाका लागि गर्छन् या अन्य कारणले नै, यो उनले नै जान्ने कुरा हो ।

उनले ट्विटरमा लेखेका छन्-‘मासाल्लाह मासाल्लाहाले यादा आयो कि कट्रिना पनि काश्मिरकै हुन् ।’ सलमानले कट्रिनासँग सन् २०१२ मा चलचित्र ‘एक था टाइगर’मा काम गरेका थिए, जसमा यो गीत समावेश छ । रणवीर कपुरको भैसक्दा पनि सलमानले कटि्रनाको याद गर्न छाडेका छैनन् ।

कटि्रना भारतीय मुलकी बेलायती नागरिक हुन् । उनका पिता मोहम्मद कैफ बेलायतमा बसेर काश्मिरमा कारोबार गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment