Comments Add Comment

एउटै कार्डबाट जीएसएम र सीडीएमए मोबाइल रिचार्ज

६ जेठ, काठमाडौं । नेपाल टेलिकमको जीएसएम र सीडीएमए मोबाइल एउटै कार्डबाट रिचार्ज गर्न सकिने भएको छ । टेलिकमले ‘कार्ड एक, सेवा अनेक’ नारासहित एनटी रिचार्ज कार्ड बजारमा ल्याएको छ ।

NTCएनटी रिचार्ज कार्डबाट जीएसम तथा सीडीएम प्रिपेड मोबाइल रिचार्ज गर्न सकिन्छ । साथै, यही कार्डबाटै सीडीएमए पोष्टपेड मोबाइलको महशुल भुक्तानी गर्न सकिने टेलिकमले जनाएको छ ।

टेलिकमले ५०, १००, २००, ५०० र १००० रुपैयाँ दरका एनटी रिचार्ज कार्ड बजारमा ल्याएको छ । यो रिचार्ज कार्डबाट जीएसएम पोष्टपेड मोबाइलको बिल भने भुक्तानी गर्न सकिने छैन् ।

एनटी रिचार्ज कार्ड बजारमा ल्याएपनि टेलिकमले नमस्ते रिचार्जको सेवा यथावत राखेको जनाएको छ ।

कसरी रिचार्ज गर्ने ?

आइभीआर मार्फत रिचार्ज गर्न १४१५ डायल गर्ने र प्राप्त निर्देशन अनुसार १६ अंकको पिन नम्बर थिची रिचार्ज गर्न सकिन्छ ।

युएसएसडी कोर्डमार्फत रिचार्ज गर्न *४१२*पीन कोड# डायल गरी रिचार्ज गर्न सकिन्छ

वेभसाइटमार्फत रिचार्ज गर्न http://webrecharge.ntc.net.np मा गई रिचाज गर्न सकिन्छ ।

रिचार्ज भए नभएको तथा ब्यालेन्स रकम थाहा पाउन जीएसएम प्रिपेडका लािग *४००# तथा १४१५ मा डायल गर्न सकिन्छ ।

सीडीएमए सेवाका लागि रकम थाहा पाउन १४१५ मा डायल गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment