Comments Add Comment

कांग्रेसको प्रवासी संगठनबाट काभ्रेका भूकम्प पीडितलाई राहत

kabhreकाभ्रे । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति अमेरिका र ‘डिड्स फर निड्स ’ नामक संस्थाले काभ्रेका १ सय ७५ परिवारलाई राहत वितरण गरेको छ । मंगलबार पनौती नगरपालिकाका भूकम्पपीडित १ सय ७५ परिवारलाई संयुक्त रुपमा राहत सामाग्री वितरण गरिएको हो ।

पनौती नगरपालकिासँग समन्वय गरेर चामल, तेल चिनी, पाल लगायतका राहत सामाग्री वितरण गरिएको जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले बताए । “हामीले व्यक्तिगत रुपमा र नजिकका साथीभाईको सहयोग जुटाएर १ सय ७५ परिवारलाई राहत सामाग्री वितरण गरेका हौं,” अध्यक्ष विष्टले भने ।

केही दिनमै राहत सामाग्री लिएर गोरखा जाने तयारी भइरहेको समितिका केन्द्रिय सदस्य हरिबोल भण्डारीले जनाए ।

राहत सामाग्री वितरण सँगसँगै पूनर्वासका लागि पनि काम गर्ने सोचमा आफूहरू रहेको ‘डिड्स फर निड्स ’नेपालका अधयक्ष तेन्जिङ लामाले बताए । भकुम्पले घरवासविहिन भएकाहरुका लागि अस्थायी वासको व्यवस्था गर्न तयार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment