Comments Add Comment

टी-२० विश्वकप छनोटको तयारीमा बीसीसीआईले नेपाललाई सघाउने

nepali-team

६ जेठ, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले नेपाली क्रिकेट टीमलाई टी-२० विश्वकप छनोटको तयारीमा सहयोग गर्ने भएको छ ।

बीसीसीआईका सचिव अनुराग ठाकुरले बुधबार नेपाल क्रिकेट संघ क्यानलाई सहयोगको बचन दिएका हुन् । जुन ५ देखि २० तारिखसम्म नेपाली टीमलाई प्रशिक्षणको व्यवस्था मिलाइएको उनले बताए ।

क्यानका प्रमुख कार्यसंचालन अधिकृत छुम्बी लामाका अनुसार बीसीसीआईले नेपाली टीमलाई अध्यासका लागि दिने स्थान भने खुलाइएको छैन । स्रोतका अनुसार बैंङ्ग्लोरस्थित बीबीसीआईको एकेडेमीको मैदान १५ दिन अभ्यासका लागि उपलब्ध गराउने सम्भावना छ ।

नेपालले वैशाख १२ गते विनाशकारी भूकम्प गएपछि बीसीसीआईले विश्वकप छनोटको तयारीमा नेपाललाई सहयोग गर्ने प्रस्ताव गरेको थियो ।

हालै मात्र क्यानले विश्वकप छनोटको तयारीका लागि नेपाली टीमलाई भारत पठाउने निर्णय गरेको छ । भारतमा स्थनीय टीमसँग अभ्यास खेल खेल्ने तयारी छ । तर, टीम भने तय भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment