Comments Add Comment

भारतको टेष्ट टीममा हरभजनको पुनरागमन

harbhajan_singh

६ जेठ, काठमाडौं । भारतले आगामी महिना हुने बंगलादेश भ्रमणका लागि टेष्ट र वेन डे टीमको घोषणा गरेको छ ।

एक मात्र टेष्टका लागि कप्तानमा विराट कोहलीलाई चयन गरिएको छ । अनुभवी स्पीनर हरभवन सिंहले टेष्ट टीममा पुनरागमन गरेका छन् ।

हरभजनले यसअघि २०१३ मार्चमा अष्ट्रेलियाविरुद्ध हैदराबादमा खेलेका थिए । उनले अहिलेसम्म भारतका लागि १०१ टेष्ट खेलेका छन् र ४१३ विकेट लिनुका साथै २२०२ रन बनाएका छन् ।

१० देखि १४ जुनसम्म हुने टेष्टका लागि विकेट किपरमा रिद्धिमान साहा छन् । टीममा मुरली विजय, शिखर धवन, ऐएल राहुल, चेतेश्पर पुजारा, अजिन्क्या रहाणे, रोहित शर्मा, आर अश्विन, करण शर्मा, भुवनेश्वर कुमार, उमेश यादव, वरुण एरन र इशान्त शर्मा छन् ।

तीन म्याचको वान डे सिरिजका लागि महेन्द्र सिंह धोनीको कप्तानीमा टीम घोषणा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment