Comments Add Comment

हङ्कङबाट भैरहवावासीले सवा ८ लाख पठाए

सलमान खान

६ जेठ, भैरहवा । सिद्धार्थ परिवार भैरहवा हङकङले भूकम्पपीडितहरुको ८ लाख रुपैयाँ सहयोग पठाएका छन् ।

परिवारले भैरहवा तथा वरपर घर भई हङकङमा बिभिन्न पेशा ब्यवसाय गर्दै नेपालीहरुबाट पीडितहरुको सहयोगका लागि घरदैलो कार्यक्रम गरी ८ लाख २६ हजार २ सय ७८ रुपैयाँ (६२ हजार १ सय २६ हङकङ डलर) संकलन गरी पठाएको हो ।

hongkong-bhairahawaसंकलित रकमसहित परिवारका सल्लाहकारद्वय सूर्यमान गुरुङ् र राजेश श्रेष्ठ भैरहवा आईपुगेका छन् ।

परिवारले संकलित रकम स्थानिय जेसीआई सिद्धार्थ नेपालसँग समन्वय गरी वास्तविक पीडितहरुको लागि राहत सामग्री वितरण गर्ने जनाएको छ ।

आफूहरु बिदेशमा रहे पनि मातृभूमिमा अप्ठेरो पर्दा सानै रुपमा भए पनि पीडितहरुका लागी सहयोग पठाएको परिवारले जनाएको छ । सिद्धार्थ परिवार भैरहवा हङकङ, भैरहवा र वरपर घरभई हङकङमा बिभिन्न पेशा व्यवसाय गर्दै आएका नेपालीहरुको संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment