Comments Add Comment

स्पेनमा भूकम्प पीडितका लागि करिब ९१ लाख रुपैयाँ संकलन

वसन्त रानाभाट 

बार्सिलोना । बिनाशकारी महाभूकम्पबाट देश नै शोकाकुल बनिरहेको बेला स्पेनबासी नेपालीहरुले राहत स्वरूप करिब ९१ लाख रुपैयाँ संकलन गरेका छन् । प्रभावित क्षेत्रका पीडितहरुले राहत पाउन् भन्दै स्पेनका नेपालीहरुले एकजुट हुँदै रकम संकलन गरेका हुन्।

राहतकोषको खातामा अहिले सम्म ७९ हजार ४ सय ३० युरो ६६ सेन्ट ( करिब ९१ लाख रुपैयाँ) जम्मा भईसकेको रकम हो।

Tudikhel mainराहत कोषबाट पहिलो चरणमा स्पेनबाट ४० हजार युरो (४५ लाख ७५ हजार ५ सय ३८ रुपैयाँ ५० पैसा) गैरआवासीय नेपाली संघको काठमाडौस्थित खातामा जम्मा भईसकेको छ।

केन्द्रीय अध्यक्ष शेष घलेले सानो समुदायबाट पनि उदार मनका साथ यति ठूलो रकम संकलन भएकोमा स्पेनका नेपालीहरुको उच्च प्रशंसा समेत गरेका थिए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन लगायत बिभिन्न संघसस्थाहरुको पहलमा नेपालका भूकम्प पीडितहरुलाई राहत स्वरूप रकम संकलन अभियान थालिएको थियो। यहाँस्थित राजनीतिक, क्षेत्रीय, जातीय संघसस्थाहरु सहभागी बन्दै “महाभूकम्प पीडित राहतकोष २०७२” स्थापना गरि रकम संकलन कार्यलाई तिब्रता दिएका छन्।

रकम संकलनमा एनआरएनए स्पेन २९ हजार ३ सय ४ युरो १४ सेन्ट, क्षेत्रीय समिति ग्रानकानरिया ७ हजार ४ सय ६० युरो, नेपाल स्पेन समाज कोस्टाब्लान्का ५ हजार १ सय ७९ युरो,पुर्बेली नेपाली एकता समाज ४ हजार ३ सय ७६ युरो, नेपाली जनसम्पर्क समिति ३ हजार ८ सय ६० युरो ८० सेन्ट, तमु समाज ३ हजार १ सय ४७ युरो, नेपाली समुदाय बिल्बउ ३ हजार युरो सहयोग गरेका छन्।

यस्तै, चितवन समाज २ हजार ३ सय ७६ युरो, कास्की सेवा समाज २ हजार १ सय २२ युरो,नेवारी समाज (पासा पुच) २ हजार ५० युरो, नेपाली जन प्रगतिशील मन्च १ हजार ८ सय ७४ युरो, गल्कोट समाज १ हजार ८ सय ६५ युरो, प्रवासी नेपाली मन्च १ हजार ७ सय ७३ युरो, एनआरएनए क्षेत्रीय समिति मड्रिड १ हजार ६ सय ४४ युरो, स्याङ्जा सहयोग समाज १ हजार ४ सय २७ युरो, मगर संघ ७ सय ७३ युरो ५० सेन्ट, नेपाली जनकल्याण समाज(न्युज) ६ सय ५ युरो, म्याग्दी समाज ५ सय १ युरो, तामाङ् समुदाय ३ सय ८१ युरो, ईनास स्पेन ३ सय ६१ युरो र अन्तराष्ट्रिय कलाकार मन्च स्पेनले ३ सय ३५ युरोले रकम संकलन गरि राहत कोषमा जम्मा गरेका छन्।

स्पेनिस समुदायले राहतकोषको खातामा सिधा जम्मा गरिदिएको रकम, किबुका ग्रुपको सहयोग,पोतला रेष्टुरेन्टको लन्च च्यारिटी,टिसर्ट बिक्रीबाट बचत रकम,डेस्क संचालन,कासा देल टिबेट र टिबेटीयन समुदायको कार्यक्रम,च्यारिटी बक्स,रसिदबाट संकलित रकम, ग्रान्योनेस, इबिजा, भ्यालेन्सिया, लेईदामा रहेका नेपालीहरुले पहल गरी पठाएको रकमसहित गरी राहत जुट्न सफल भएको हो।

संघका अध्यक्ष एवम् राहत कोषका संयोजक एकराज गिरीले अब केही दिन भित्रमा नै दोस्रो चरणमा बाँकी रकम नेपाल पठाउने तयारी गरिरहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment