Comments Add Comment

भूकम्प पीडितलाई खेलाडी कोषको आर्थिक सहयोग

६ जेठ, काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले बैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका ७ खेलाडीसहित ९ जनाको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

भूकम्पकै कारण पूर्ण रुपमा घर क्षतिग्रस्त भएका विभिन्न खेलका वर्तमान र पूर्व राष्ट्रिय खेलाडी गरी १४ जनालाई पनिलाई आर्थिक सहयोग दिइएको छ ।

कल्याकारी कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य-सचिव युवराज लामाले ज्यान गुमाएका परिवारलाई १-१ लाख तथा घर पूर्ण रुपमा क्षतिग्रस्त भएकालाई २०-२० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

भूकम्पका कारण खेलाडीहरु करातेका चन्द्रकुमार श्रेष्ठ र सुरज डंगोल, पारा एथलेटिक्सका जितबहादुर खड्का, जुडोका अनिशा डंगोल, निलम डंगोल र नारायण तामाङ तथा क्रिकेटका मनोज पण्डितले ज्यान गुमाएका थिए । भलिबल प्रशिक्षक केशवलाल श्रेष्ठ र खेलकुद पत्रकार सुमन भोम्जनको पनि भूकम्पमा परी निधन भएको थियो ।

घर पूर्ण रुपमा क्षतिग्रस्त हुनेमा बक्सिङका दीपक महर्जन, करातेका सुनील लामा, सुलोचना जिाख्वा र बुद्धिबहादुर श्रेष्ठ, टेबलटेनिसका शिवसुन्दर गोथे, रितामैया प्रजापति, मुना बासुकला र नविता श्रेष्ठ, एथलेटिक्सकी विमला राना मगर, उसुका आङबाबु लामा, जुडोका श्रीराम मकाजु तथा तेक्वान्दोका अशोक खड्का, रोहित तामाङ र प्रेम भण्डारी छन् ।

सम्बन्धित राष्ट्रिय खेल संघ र स्थानिय निकायको सिफारिसमा खेलाडी कल्याणकारी कोषको बैठकले आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment