Comments Add Comment

राष्ट्रिय पौडी जेठ २४ र २५ मा हुने

६ जेठ, काठमाडौं । बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण स्थगित २० औं राष्ट्रिय खुला पौडी प्रतियोगिताको अर्को मिति तय भएको छ ।

आयोजक नेपाल पौडी संघले प्रतियोगिता जेठ २४ र २५ मा पूर्वनिधारित स्थान सातदोबाटोस्थित पौडी पोखरीमा गर्ने भएको छ । यसअघि प्रतियोगिता बैशाख १४ र १५ गतेलाई तय भएको थियो ।

प्रतियोगितामा खुलातर्फ पुरुष/महिलामा १८-१८ गरी ३६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै उमेरसमूहअन्तर्गत पुरुष/महिलामा विभिन्न ४-४ उमेरसमूहमा खेल खेलाइने छ ।

प्रतियोगिता रुसको कजानमा जुलाई २४ देखि अगष्ट ५ तारिखसम्म हुने ओलम्पिक क्वालिफाइङ राउन्डका लागि खेलाडी छनोटका रुपमा समेत रहेको आयोजक पौडी संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment