Comments Add Comment

चलचित्रको नाम राखेर कलाकारले गरे भूकम्प पीडितलाई घर हस्तान्तरण(फोटो फिचरसहित)

bhuwan-and-anmol
काभ्रेको पाँचखालस्थित रामपुर डाँडामा वुधबार फरक दृश्य देखियो । यो डाँडामा रहेका करिब ४० घर सबै ध्वस्त छन् । तर, बुधबार भने स्थानियको अनुहारमा मुस्कान देखियो । उनीहरु, भूकम्पले निम्त्याएको विपत्तीलाई विर्सिएर नयाँ तरिकाले जीवन जिउने सपना बुन्दै थिए ।kalakar-team

उनीहरुको मुहारमा मुस्कान नेपाली चलचित्रका यूवा कलाकारहरुले छरेका हुन् । ४ दिन लगाएर नेपाली कलाकारहरुले ४० घरका लागि ४० वटा नै अस्थायी टहरा निर्माण गरेका हुन् । ‘हामी सबैका लागि’ नाम दिएर यूवा कलाकर्मीहरुले एउटा अभियानको सुरुवात गरे, जसले वुधबार मुर्त रुप पाएको थियो ।

नेपाली चलचित्रका दर्जन कलाकारहरुको उपस्थितीमा स्थानियलाई ४० घर हस्तान्तरण गरिएको हो । सुरेश दर्पण पोख्रेल संयोजक रहेको यो अभियानमा केकी अधिकारीले सह-संयोजक भएर काम गरिन् । जसमा दर्जन यूवा कलाकर्मीले साथ दिएका थिए ।
nandita-melina-barsha

suresh-melina-bhuwanनायिका वेनिशा हमाल, सुरक्षा पन्त, मेलिना मानन्धर, बर्षा सिवाकोटी, नन्दिता केसीदेखि नायकहरु दीलिप रायमाझी, जीवन लुइटेल, अनमोल केसी, यशराज, स्वतन्त्र प्रताप शाह, संगीतकार बसन्त सापकोटा लगायतले यसमा भौतिक र आर्थिक सहयोग गरे ।

साथमा अन्य कलाकर्मीले पनि अस्थायी टहरा निर्माणमा साथ दिएका थिए । करिब दर्जन बढी कलाकारहरुले स्थानियसँग मिलेर ४ दिन लगाएर अस्थायी टहरा बनाएका हुन् । स्थानियवासीको सहयोगले छोटो समयमा नै यो प्रयास सफल भएको कलाकारहरुले बताए ।

हस्तान्तरण कार्यक्रममा स्थानिय बासिन्दा निकै खुशी देखिएका थिए । स्थानियहरुले कलाकारहरुले गरेको यो ठूलो सहयोगलाई कहिल्यै पनि नविर्सने बताए । काठमाण्डौबाट लामो दुरीमा नपरेपनि रामपुर डाँडा पिछडिएको छ ।rahat-bitaran

benisha-hamalरोचक कुरा त के छ भने, ४० घरको नाम नेपाली चलचित्रको नामबाट राखिएको छ । नेपालको पहिलो चलचित्र ‘आमा’देखि पहिलो डीजिटल चलचित्र ‘सानो संसार’सम्मका चलचित्रको नाममा घर तयार पारिएको छ । कलाकारहरुले संझनाका लागि यो तरिका अपनाएको पनि बताए ।

कार्यक्रममा पुगेका नायक भूवन केसीले कलाकारहरु सधै नै यस्तो समयमा सहयोगका लागि तयार रहने बताए । उनले आफूहरुको घर भत्किएपनि जनताको मन दुख्दा चुप लागेर बस्न नसकेको बताए ।

यो अभियानकी सह-संयोजक केकी अधिकारीले अब यूवाहरु सबै जागेकाले नेपालको विकास टाढा नरहेको बताइन् । उनले आफूहरुले देखेको एउटा सानो सपना पुरा भएकोमा खुशी व्यक्त गरिन् । अभियानका संयोजक समेत रहेका निर्देशक सुरेश दर्पण पोख्रेलले अब कुनै विकट स्थानमा भत्किएको स्कुल बनाउने चाहना राखे ।

उनले कलाकारहरु दर्शकसँग सधै नै रहेको र गरे के हुँदैन भन्ने सन्देश दिन खोजेको बताए ।
घर हस्तान्तरणसँगै कलाकर्मीहरुले प्रत्येक घरका परिवारलाई एक बोरा चामल, दाल, नुन र ब्लाङ्केट हस्तान्तरण गरेका थिए ।damage-house

women-with-baby

house

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment