Comments Add Comment

रोयल जितका साथ बैंग्लोर क्वालिफायरमा

Royal Challengers Bangalore

७ जेठ, काठमाडौं । राजस्थान रोयल्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंग्लोर इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएफको क्वालिफयरमा पुगेको छ ।

दुई रोयल क्लबको इलिमिनेटर भिडन्तमा बैंग्लोरले ७१ रनको जित हात पारेको हो ।

पुनेमा पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनायो । उसका लागि एबी डिभिलियर्स र मन्दिखप सिंहले तेस्रो विकेटका लागि ११३ रनको महत्वपूर्ण साझेदारी गरे ।

डिभिलियर्सले ६६ रन बनाए । मन्दिप सिंह ५४ रनमा अविजित रहे । क्रिस गेलले २७ रन बनाए भने कप्तान विराट कोहली मात्र १२ रनमा आउट भए । दिनेश कार्तिकले ८ रन जोडे ।

जवाफमा मैदान उत्रिएको राजस्थानको सुरुवात राम्रो हुन सकेन । उसका लागि अजिन्क्या रहाणेले ४२ रन जोडे पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् र १९ ओभरमा १०९ रन जोड्दा अलआउट भयो ।

१४ रन जोड्दा पहिलो विकेटका रुपमा शेव वाट्सन मात्र १० रनमा आउट भए । सन्जु सामसुन ५ र स्टिभ स्मिथ १२ रनमा आउट भए ।

करुण नरिन १२, दिपक होडा ११ रनमा आउट भए । फल्कनर ४ रनमा आउट भए । स्टुआर्ड बिन्नी र क्रिस मोरिसले खाता नै खोल्न सकेनन् । धवन कुलकर्नीले ३ रन बनाए ।

राजस्थानलाई सस्तैमा समेट्ने क्रममा बैंग्लोरका श्रीनाथ अरविन्द, हर्षल पटेल, डेभिड विस र युजबेन्द्र चाहलले समान २–२ विकेट लिए ।

अब फाइनलमा स्थान बनाउन बैग्लोरले चेन्नई सुपर किङ्ग्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा चेन्नईलाई पराजित गर्दै मुम्बई फाइनलमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment